सन्दीपको व्यवसायिक क्रिकेटको यात्रा अघि बढ्दै, टि–१० लिग पनि खेल्ने


काठमाडौं, ९ असोज । नेपाली स्टार स्पीनर सन्दीप लामिछानेले युएईमा आयोजना हुने टि–१० लिगको दोश्रो संस्करण खेल्ने भएका छन् ।

सोमबार भएको ड्राफ्टको तेश्रो चरणमा केरल किंग्स टोलीले सन्दीपलाई छनौट गरेको छ । केरल यो प्रतियोगिताको पहिलो संस्करणको विजेता पनि हो ।

यस प्रतियोगितामा केरल किंग्स बाहेक मराठा वारियर्स, नर्दन वारियर्स, कराँचियन्स, पखतुन, बेंगल टाइगर्स, पंजाबी लेजेन्ड र राजपुत गरि कुल ८ टोलीको सहभागिता रहनेछ ।

सन्दीपको टोलीमा उनिबाहेक ओइन मोर्गेन, शोहेल तन्वीर, काइरोन पोलार्ड, पल स्टर्लिङ, दासुन शनाका, क्रिश गेल, जुनेद खान, टम कुर्रान, फाबियन एलेन, निबोशान डिकवेल्ला, इमरान नाजिर र बेन्नी हावेल छन् ।

सन्दीपले यसअघि आईपिएल, सिपिएल र ग्लोबल टि–२० क्यानडा जस्ता चर्चित विश्व स्तरीय लिग खेलिसकेका छन् । उनि अफगानिस्तान प्रिमियर लिगका लागि पनि छनौट भइसकेका छन् ।

टि–१० लिग आगामी नोभेम्बर २३ बाट सुरु भए डिसेम्बर २ सम्म चल्नेछ ।

 

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड पुनः सलाहलाई

काठमाडौ,२९ मंसिर । अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रो पटक पनि मोहमद सलाहले जितेका छन् । इजिप्ट र इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले

 केभिन ओ ब्रायनले जिताए काठमाडौंलाई, पोखरा ५ विकेटले पराजित

काठमाडौं, २८ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले पोखरा राइनोजलाई ५ विकेटले हराएको छ ।  टस जितेर

नेपालमा हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, २८ मंसिर । नेपालमा हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज गरिएको छ । प्रतियोगिता फागुन २८ देखि चैत

खेल मिलेमतोलाई अपराधको दर्जा दिलाउने प्रयासमा आईसीसी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले क्रिकेट खेल्ने राष्ट्रहरुको सरकारलाई खेलमा मिलेमतो (फिक्सीङ) कार्यलाई अपराधको दर्जा दिन