एसिड आक्रमणमा परेकी सम्झनाको अवस्था ‘चिन्ताजनक’


काठमाडौं, ७ असोज । आफ्नै छिमेकमा बस्ने बाबु भन्दा वृद्ध व्यक्तिको गलत मनासयमा नलाग्दा एसिड आक्रमणमा परेकी रौतहटकी १८ वर्षिय सम्झना दासको अवस्था चिन्ताजनक रहेको छ ।

शुक्रबार बेलुकासम्म अलिअलि बोल्ने गरेकी उनि शनिबार बिहानदेखि बोल्न पनि छोडेकी छिन् । उनको श्वास प्रश्वास अनियमित बन्दै गएकोले उनलाई भेन्टीलेटरमा राखिएको सम्झनाका बाबु जदोलाल दासले बताए ।

सम्झनाको उपचारमा संलग्न डा. केतकी कौशलका अनुसार सम्झनाको अवस्था बिग्रदैं गएको र यो सुध्रिन वा नसुध्रिने भन्न नसकिने अवस्थामा पुगेको बताएकी छिन् । अवस्था निक्कै बिग्रिइसकेकोले सम्झनाको बाँच्ने सम्भावना पनि अति न्यून रहेको पनि डा. केतकिले बताएकी छिन् ।

सम्झना र उनको बहिनी सुस्मिता दासलाई घरमा सुतिरहेका बेला गत भदौ २७ गते छिमेकी बाबुराम पासवानले एसिड प्रहार गरेका थिए ।

प्रहरीले अनुसन्धान गर्दा ५० वर्षिय पासवाननै एसिड आक्रमणकारी भएको पत्ता लगाएको थियो । पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिनभित्र १ सय १८ पटक एकतर्फी कल गरी प्रलोभन तथा धम्की दिने गरेको पनि अनुसन्धानमा पत्ता लागेको थियो । सम्झनाले पनि केहि बोल्न सक्ने हुँदा पासवानले नै एसिडले प्रहार गरेको बताएकी थिइन् ।

पासवान आफैंले एसिड प्रहार गरी अपराध लुकाउन पीडित सम्झना र सुस्मीताको उपचार भइरहेको काठमाडौँको कीर्तिपुर अस्पतालमा समेत पुगेका थिए । अनुसन्धानमा पासवानको अपराध बाहिरिएपछि प्रहरीले उनलाई अस्पतालबाटै पक्राउ गरेको थियो ।

 

 हात्तीले गोसाइको टाउकोमा कुल्चिएर ज्यान लियो

 कञ्चनरुप । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका

 मन्तव्य राख्ने क्रममा ढलेर निधन

 पाँचथर । फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा

राजपा केन्द्रीय सदस्यद्वय थुनामा

सिरहा । पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल सोमबार पुर्पक्षका

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

काठमाडौँ, ६ जेठ । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप