जिम्मेवारी बाँडफाँडसँगै नेकपामा चर्को असन्तुष्टि, कुन गुटबाट को परे ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको चार महिना पछि बल्ल प्रदेश कमिटीले पूर्णता पाएको   छ । शुक्रबार विहान प्रधानमन्त्री निवासमा बसेको पार्टी सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गर्दा पार्टी भित्रका गुटउपगुट हावी भएका छन् ।

वैठकले प्रदेश १ इन्चार्जमा पूर्व एमालेका सचिव भीम आचार्य र सहइन्चार्ज साबित्री कुमार काफ्लेलाई जिम्मेवारी दिएको छ भने अध्यक्षमा देवराज घिमिरे र सचिबमा सुरेश बहादुर राई चयन भएका छन् । आचार्य एमाले समूहमा माधव पक्षधर हुन् भने घिमिरे ओली पक्षधर हुन् । त्यस्तै काफ्ले प्रचण्डका असली अनुयायी मानिन्छन् । श्रीमतीलाई सभासद बनाएपछि पूर्वमाओवादी भित्र विवादमा परेका काफ्ले अन्ततः नेतृत्व हत्याउन सफल भएका छन् ।

त्यस्तै प्रदेश २ को इन्चार्जमा पूर्व एमालेका ओली पक्षधर सत्यनारायण मण्डल र सहइन्चार्जमा पूर्व माओवादी केन्द्रका नारायणकाजी पक्षधर विश्वनाथ साह चयन भएका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट प्रभू साह र सचिबमा सुमन प्याकुरेल चुनिएका छन् । पूर्वमाओवादीमा बाबुराम निकटस्थ साह बाबुरामले पार्टी छोडेपछि प्रचण्डसँग नजिकिएका थिए । प्याकुरेल पूर्व एमाले भित्र ओलीका कट्टर पक्षधर हुन् । मधेश आन्दोलनमा समेत ढाकाटोपी लगाएर मधेशमा डुल्ने प्याकुरेल प्रष्ट वक्ता मानिन्छन् ।

त्यस्तै प्रदेश ३ इन्चार्जमा पूर्व एमालेबाट माधव पक्षधर अष्टलक्ष्मी शाक्य र सह इन्चार्जमा पूर्व माओवादीका हितबहादुर तामाङ र अध्यक्षमा प्रचण्डका नातेदार भाइ नारायण दाहाल तोकिएका छन् । सचिवमा ओली समूहका त्यसमा पनि ईश्वर पोखरेल निकटस्थ मानिने आनन्द पोख्रेलले बाजी मारेका छन् ।

गण्डकी प्रदेशमा भने ओली समूह हावी भएको छ । त्यहाँको इन्चार्जमा गण्डकी प्रदेशको मुख्यमन्त्री रहेका पूर्व एमाले सचिव पृथ्वी सुव्वा गुरुङले जिम्मेवारी पाएका छन् भने सहइन्चार्ज ओली समूहकै कट्टर खगराज अधिकारी चयन भएका छन् । अध्यक्षमा भने प्रचण्डका अत्यन्त विश्वासपात्र हितराज पाण्डे र सचिब गोविन्द नेपाली भएका छन् ।

प्रदेश ५ इन्चार्जमा मुख्यमन्त्री समेत रहेका ओलीका विश्वासपात्र शंकर पोख्रेल र सहइन्चार्जमा वामदेव निकटस्थ दलबहादुर राना तोकिएका छन् । त्यस्तै अध्यक्षमा माओवादी भित्र प्रचण्ड पक्षधर ओनसरी घर्ती र सचिवमा पूर्वमाओवादीकै जगप्रसाद शर्माले वाजी मारेका छन् ।

उता कर्णाली प्रदेश इन्चार्जमा पूर्वमाओवादी भएपनि अहिले ओलीसँग निकटस्थ जनार्दन शर्मा र ओली समूहकै यमलाल कँडेल सहइन्चार्ज भएका छन् । त्यहाँ पूर्व एमाले भित्रका माधव पक्षधर गोरख बहादुर बोगटी अध्यक्ष र पूर्वमाओवादीका मायाप्रसाद शर्मा सचिव भएका छन् ।

प्रदेश ७ प्रदेशको इन्चार्जमा माधव पक्षधर तर ओलीसँग पनि निकट सम्वन्ध भएका भीम रावल चुनिएका छन् भने पूर्वमाओवादीका लक्ष्मणदत्त जोशी सहइन्चार्ज भएका छन् । अध्यक्षमा ओलीका अत्यन्त विश्वासपात्र कर्ण थापा तथा सचिब पूर्व माओवादीका नेप चौधरी चयन भएका छन् ।
यो जिम्मेवारी वाँडफाँडले नेकपाभित्र चरम विवाद बढेको छ । विशेष गरी नेतृत्वमा पुग्ने आशमा बसेका जगन्नाथ खतिवडा, ठाकुर गैरे, खिमलाल भट्टराई, रामकुमारी झाँक्रीलगायतलाई पाखा पारिएको गुनासो बढिरहेको छ ।  (प्रकाश खबरबाट)

‘मिसन पूरा भएको’ भन्दै रअ टोली दिल्ली उड्याे, के थियाे नेपालसँग भारतकाे मिसन ?

काठमाडौं, ७ साउन । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त

जिम्मेवारीबाट हटाइदिन शिक्षामन्त्रीलाई अनुरोध

काठमाडौं, ७ साउन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा