महङ्गो बन्दै दशैं: अनुगमन छैन,सर्वसाधारण मारमा 

काठमाडौं । भारतीय नाकाबन्दीपछि बढेको बजार मूल्य अहिलेसम्म पनि घट्न सकेको छैन । सरकारले बजार अनुगमन गरे पनि बजारमा मनपरी चलिरहेकै पाईन्छ । सरकारका आपूर्तिमन्त्रीहरुले हरेक वर्षको चाडपर्वका बेला बजार अनुगमनको लागि निर्देशन दिएपनि त्यसको खासै असर परेको देखिँदैन । सरकारको यस्तो हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधी, लत्तकपडा, सवारीसाधन देखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी उन्मुक्ति दिएको उपभोक्ताको गुनासो छ । 

गत वर्ष प्रतिकेजी एक सय ४० रुपैयाँमा पाइने चिनियाँ लसुनको मूल्य अहिले एक सय ५० पर्छ । प्रतिकेजी ७० मा पाइने चिनीको मूल्य बढेर ८० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रतिकेजी ४० देखि ५० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य अहिले ६०  रुपैयाँ पुगेको छ । 

सरकारले महँगी, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गरी उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरे पनि उपभोक्ता भने महँगीको मारमा परेकोप¥यै छन् । सरकारले बजार अनुमगमन गरे पनि महँगी भने दिनप्रतिदिन अचाक्ली बढ्दै गएको देखिन्छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि उपभोक्ताको लागि आउँदै गरेको दशैं महँगो हुने बजार भाउले नै प्रष्ट पारिरहेको छ । परल मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीले १ सय प्रतिशतसम्म नाफा खाने गरेको उपभोक्ताको अनुभव छ । यही कारणले गर्दा पनि आमउपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् । उपभोक्ताको भान्छामा खपत हुने अधिकांश सामानको मूल्य बढेकाले त्यसको असर सर्वसाधारणमा पर्न गएको छ । अघिल्लो वर्ष प्रतिकेजी १ हजार रुपैयाँ रहेको खसी मासुको मूल्य बढेर अहिले ११०० रुपैयाँ पुगेको छ ।  प्रतिगोटा पाँच रुपैयाँमा पाइने हरियो कागतीको दोब्बर बढेर १० रुपैयाँ पुगेको छ । बजारमा हरियो तरकारीदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । यी त केही उदाहरण मात्र हुन । बजारमा सर्वसाधारण उपभोक्ताको भान्छामा प्रयोग हुने अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । 

  ठग व्यसायीलाई उन्मुक्ति

सरकारले उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्न नसक्दा बजारमा दिनहुँजसो मूल्य बढ्दै गएको हो । माथिल्लो निकायको दबाब, व्यवसायीबीचको मिलेमतो, फितलो कानुनको फाइदा उठाउँदै उपभोक्ता ठग्ने व्यापारीले उन्मुक्ति पाउने गरेका छन् । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि उत्पादन गर्ने किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गत बर्ष ९० मा पाउने दुध १०० पुगेको छ । केही समय अघि नाकाबन्दी र भूकम्पको मारमा परेका उपभोक्ताले यो वर्ष पनि महँगी खेप्नुपरेको छ ।

भारतीय नाकाबन्दीपछि बढेको बजार मूल्य अहिलेसम्म पनि घट्न सकेको छैन । सरकारले बजार अनुगमन गरे पनि बजारमा मनपरी चलिरहेकै पाईन्छ । सरकारका आपूर्तिमन्त्रीहरुले हरेक वर्षको चाडपर्वका बेला बजार अनुगमनको लागि निर्देशन दिएपनि त्यसको खासै असर परेको देखिँदैन । सरकारको यस्तो हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधी, लत्तकपडा, सवारीसाधन देखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी उन्मुक्ति दिएको उपभोक्ताको गुनासो छ । 

  दैनिक उपभोक्ता ठगिदै 

दशैं निजिकिँदै गर्दा अनुगमनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने ठाउँमा अहिले आएर ठप्प छ । उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले नियमित रूपमा अनुगमन गरेको बताए पनि प्रभावकारी बन्न सकेको छैन । राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका एक पदाधिकारीले नाम उल्लेख नगरी अनुगमन मौसमी भएको भन्ने आलोचनालाई पूरा गर्नको लागि मात्र अनुगमन गरिएको बताए । अनुमगनका क्रममा कैफियत भेटिएका व्यापारीलाई कारबाही नगरी उन्मुक्ति दिइएको छ,’ उनले भने, ‘सरकारले अनुगमनको कामलाई मौसमी नभई स्थायी संयन्त्र खडा गरेर नियमित रूपमा अगाडि बढाउनुपर्छ ।’

बजारमा व्यापारीले मिसावट, अखाद्य, लेबल नभएका, बढी मूल्य लिई सामान बेच्ने गरेका छन्,’ ती पदाधिकारीले भने, ‘यस्ता व्यापारीलाई कारबाही नगरिँदा बजार अनुगमन प्रभावकारी बन्न नसकेको हो ।’ बजार उपभोक्ता मैत्री नभएकाले उपभोक्तासम्बन्धी ऐन संशोधन गरी तत्काल फिल्डमै कारबाही गर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।


नेपाल राष्ट्र बैंकको तथ्यांकले बजारमूल्य १० प्रतिशत बढेको देखाए पनि बजारमा भने २० देखि २५ प्रतिशतसम्म मूल्य बढेको देखिन्छ । पेट्रोलियम पदार्थको मूल्य लगातार घटे पनि सवारीसाधनको मूल्य अझै घट्न सकेको छैन ।

आपूर्ति व्यवस्थापन विभागका एक अधिकारीको दावी अनुसार,बजार अनुगमनको काम नियमित रूपमा भइरहेको छ । अनुगमन गरिएका व्यवसायीको फलोअप गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हालै गरिएको अनुगमनबाट कैफियत भेटिएकामा मुद्दा चलाउन कानुनी परामर्श लिइरहेका छौं ।’ चाडपर्वमा बजारमा चहलपहल बढी भई उपभोक्ता ठगिन सक्ने भन्दै विभागले अनुगमनको कामलाई नियमित रूपमा अगाडि बढाइरहेको उनको भनाइ छ । उपभोक्तालाई राहत दिनका लागि सञ्चालित सहुलियत पसलमा समेत अनुगमन गरिन लागेको उनको भनाइ छ । 
सरकारले बजार अनुगमनलाई विशेष अभियानअन्तर्गत तीव्र बनाए पनि उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गरेको देखिँदैन ।

माथिको दबाब, पर्याप्त प्रमाणको अभाव, भित्री रूपमा मिलाउने प्रपञ्चले गर्दा पनि उपभोक्ता ठग्ने व्यापारीले छुटकारा पाउने गरेका हुन् । ‘अनुगमनका क्रममा स्टोरमा भेटिएको सामान कुहिएको भए पनि मुद्दा चलाउन असम्भव छ । मुद्दा दायर गरे पनि हार्ने सम्भावना उच्च हुन्छ ।
 खाद्य प्रयोग गरेर उपभोक्ताले क्षति बेहोरेको अवस्थामा मात्रै उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा दायर गर्न सकिन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘अनुगमनका क्रममा कैफियत देखिए पनि यस कारण तत्काल मुद्दा लाउन सकिँदैन ।’
 

इलाममा पुस २० गते  लगानी सम्मेलन हुने

मङ्गलवारे, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २०

२० प्रतिशत आवेदकले मात्र चौतारी लघुवित्तको शेयर पाउने

काठमाडौ,२८ मंसिर । चौतारी लघुवित्तको आईपिओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज बाँडफाँडको तयारी गरेको हो। बिहीबार

शेयर मूल्य सामान्य अंकले बृद्धि

काठमाडौँ, २७ मंसिर । शेयर बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ६

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग स्थापना

सुर्खेत,२७ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित