नयाँ अख्तियार प्रमुखको वाचा-'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। 

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए। उनले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिए। 

“म आयोगलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँछु र प्रभावकारी परिणाम निकाल्छु, प्रवृत्तिका रुपमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग जरुरी छ”, उनले भने। 

विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हालिइरहनुभएका घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए। उनले भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र तोकिएको समयमा काम नगर्ने प्रवृत्तिविरुद्ध पनि दृढताका साथ उभिने विश्वास दिलाए। उनले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताए। 

बैठकमा सांसदले “प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के के छन् ” भनेर प्रश्न गरेका थिए। सांसदको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गरे। रासस 

यस्तो छ कांङ्ग्रेस महासमितिको झलक

काठमाडौं । सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन आज

काठमाडौ,२९ मंसिर । नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक झण्डै ६ वर्षपछि आज काठमाडौमा सुरु हुँदैछ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने

नेकपा स्थायी कमिटी बैठक आज,सरकारको समिक्षा होला ?

काठमाडौ,२९ मंसिर । झण्डै पाँच महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा सचिवालयले प्रस्तुत गर्ने झण्डै आधा

कांग्रेस महासमिति: अन्तिम भोज खाने कि जागेर जाने ?

नेपाली कांग्रेसले जहानियाँ निरंकुश राणातन्त्र, राजाको अधिनायकत्वको एकदलीय निरंकुश पञ्चायत र त्यसपछि फेरि राजाको प्रत्यक्ष शासन विरुद्धका