फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौं । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । 

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७आँै र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् । 

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ । 

यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । रासस

भैरहवा विरुद्ध काठमाडौं विजयी, अमितको अर्धशतक

काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले हराएको छ । टस

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड पुनः सलाहलाई

काठमाडौ,२९ मंसिर । अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रो पटक पनि मोहमद सलाहले जितेका छन् । इजिप्ट र इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले

 केभिन ओ ब्रायनले जिताए काठमाडौंलाई, पोखरा ५ विकेटले पराजित

काठमाडौं, २८ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले पोखरा राइनोजलाई ५ विकेटले हराएको छ ।  टस जितेर

नेपालमा हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, २८ मंसिर । नेपालमा हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज गरिएको छ । प्रतियोगिता फागुन २८ देखि चैत