सन्दीपलाई प्रबल जनसेवाश्री चौथो

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । 

सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो । त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज सेवा रत्न प्रदान गरिनेछ । 

गत महिना इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकूदमा नेपालका लागि एक मात्र रजत पदक विजेता प्याराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । सो पदक पाउनेमा प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् । 

संविधान दिवसको दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ । संविधान दिवसका अवसरमा सरकारले बर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । रासस

रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौं । इटालियन सिरी ए प्रतियोगिता अन्तर्गतको शनिबारको खेलमा युभेन्टसले टोरीनोलाई १–० गोल अन्तरले हराएको छ । इटालीको शिर्ष क्लब युभेन्टसको

ईपीएलः आज ललितपुर र भैरहवाबीच प्रतिष्पर्धा

काठमाडौ,१ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा आज एउटा मात्रै खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर

अनुभवी खेलाडी शक्ति गौचनको क्रिकेट यात्रा टुंगियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।  नेपालले पाएको एकदिवसीय मान्यतापछि

इपिएलमा पोखराको पाँचौ हार, चितवन ७ विकेटले विजयी

काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको दोश्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले हराएको छ । टस जितेर चितवनले