सँधै नकारात्मक किन सोच्ने ?

नेपाल दुई ठूला देशको बीचमा रहेको आकारका हिसाबले सानो देशभित्र पर्दछ । नेपालको ईतिहास विज्ञहरुको रायलाई आधार मान्ने हो भने बि।सं ३३०० वर्ष अगाडिबाट, कुन­कुन स्थान पार गर्दै विना कपडा विभिन्न हिंस्रक जनवारसँग संघर्ष गर्दै हाम्रा पूर्खाहरुले यता नेपालमा बसोवास गरेको भन्ने भनाई रहेको छ । 

जति हजार वर्षको पूरानो ईतिहास भएता पनि हाम्रो देशका बहुसंख्यक जनताको हालत अन्य विकसित राष्ट्रसँग तुलना गर्नेहो भने आज पनि हामी झण्डै १०० वर्ष हाराहारी पछाडी रहेको अवस्था छ । हुनत यहाँ पनि सीमित व्यक्तिको विकासले भने डाँडै काटिसकेको अवस्था छ । उनिहरु नेपालमा बसेर विश्वका विकसित देश अमेरिका, युरोप लगायतकै हैसियतमा रहेका छन् । तर हामी जनता भने निकै पछाडी परेका छौं ।  

मैले उठाउन खोजेको विषय भने हामी नेपाली किन कुनै पनि विषय वस्तुको अध्ययन विना नै सबै विषय जानेको जस्तै गरी फलाक्ने र अर्का प्रति नकारात्मक भावना राख्ने, कसै प्रति भने उसैको साखा सन्तान भए जसरी नै गुणगान गाउने गर्छन् भन्ने हो । हुनत हाम्रा विद्वान वर्गले कहाँ गएर सिकेका हुन । अमेरिका खराब देश हो यसले संसार भरीनै अत्याचार गरेको छ, यसलाई त विरोध गर्नु पर्छ, जापानमा त्यस्तो नरसंहार, इराकमा त्यस्तो अत्याचार, लिवियामा त्यस्तो उत्पात, अफगानिस्तानमा झनै बढी आदि ईत्यादि । विगतका ईतिहास हेर्ने हो भने जापानले कति गरेको थियो त्यो चाईनालाई थाहा होला, बेलायतले कति गरेको थियो, रुसले कति गरेको थियो तिनिहरुको नाम चाहिं आउँदैनन्।

 त्यहि अमेरिका हो, जसले भारतको बाटो हुँदै नेपाल प्रवेश गरेर लामो समय झापाको विभिन्न क्षेत्रमा शरणार्थी सिविरमा बसोबास गर्दै गरेका झण्डै लाखौं भुटानी शरणर्थीको व्यवस्थापन गरिदियो । त्यसैगरी विगत दसौं वर्ष अगाडीबाट डिभी चिट्ठा खोलेर नेपाललाई पनि त्यस्मा समावेश गरी वीसौं हजारको संख्यामा अमेरिका बस्ने अवसर मिलाई दियो । द्वन्दको नाममा केहि वास्तविक द्वन्द पिडीत र अन्य कुनै सरोकार नै नभएका नक्कली पिडीत लगायत अन्य हजारौं नेपालीलाई अमेरिकामा बस्ने अवसर दिलाएर ठूलो गुण लगाएको छ । 


अमेरिका जस्ले नेपालको ईतिहासमा नै पहिलो पटक सन् २०१७ मा ५०० मिलियन अमेरिकी डलर ९लगभग ने।रु। ५२ अर्व० सहयोग रकम दिने घोषणा गरेर अर्को चमत्कार गरेको छ । हामीमा भने त्यहि अमेरिकालाई धन्यवाद होईन उस्को विरोध गर्ने अचम्मको संस्कार रहेको छ । नत सरकारका तर्फबाट तमाम सकारात्मक सहयोगका लागि धन्यबाद दिन्छन, नत राजनैतिक वर्ग, नत यहांका टाठाबाठा जनतालेनै । आज पनि मिले सम्म हामी नेपाली अमेरिका जाने लाईनमा नै रहेका छौं ।  

अनौठो उदाहरण सन् १९४५, अगष्ट ६ तारिख र ९ तारिखमा जापानको हिरोसिमा र नागासागीमा आणविक हतियार प्रहार गरेर १लाख ३० हजार हाराहारी मानिसको मृत्यु भएको त्यो जापान, आज पनि आणविक हतियार प्रहार भएको क्षेत्रमा असर बाँकि नै रहेको मानिन्छ । तथापि जापानी जनता अमेरिकासँग सुमधुर सम्वन्ध रहेको र विरोधका आवाज पनि सभ्य किसिमबाट निकालेको भन्ने सुन्न पाईन्छ । के हामी नेपालीले मिलेर अमेरिकालाई जापानको सट्टामा गाली गर्ने ठेक्का परेको हो र । जापानी जनताले विर्सनै लागेको घटना हामीले नै सम्झाई दिनु पर्ने जिम्मेवारी पनि नेपालको नै हो की ! 

संसारकै नमूना देशका जनता हामी आज पनि विषय वस्तुको अध्ययन गर्दैनौं तर विरोध गर्न सक्छौं, नकारात्मक सोचाई राख्न हामीलाई कसैले जित्न सक्छ जस्तो लाग्दैन्, सम्वन्ध नै नभएको विषयमा चासो राख्न पनि हामीनै अगाडी छौं । विनाकारण अर्कालाई दोष दिने काम गर्दै बहुमुल्य समय खेर फालेर हाम्रा दिनहरु गुज्रिरहेका छन् । अव त सकारात्मक सोचाई राख्न ढीला भए र ?
 

कांग्रेस महासमिति ! पिठो पिँध्ने परम्परा तोड

पिठो पिँधेर के निस्कन्छ ? यसको सहज उत्तर छ– पिठो नै निस्कन्छ । नेपाली कांग्रेसको हरेकवर्ष हुनुपर्ने महासमिति बैठक तीनवर्षपछि अहिले बस्दैछ । यही बैठक

 मोदी र भारतबाट नेपालले सिक्नैपर्ने एउटा काम

सन् ८० को दशकमा भारतको उत्तरपूर्वी राज्यहरुबाट ठूलो संख्यामा नेपालीभाषी लखेटिए । त्यसअघि र पछि वर्माबाट पनि त्यसरी नै नेपालीभाषी लखेटिएका थिए । त्यस

 धर्म र रिलिजन एकै होइन 

हामी कहिलेकाहीं गुटुमुटु भएर लत्रिएको डोरी देखेर झसङ्ग हुन्छौं, मुटु ढक्क फुल्छ डरले । किनभने हामी डोरीमा सर्पको मिथ्यानुभूति गछौं । यो मिथ्याभाषलाई

म महिलावादी होइन, मानवतावादी हूँ

म आफूलाई महिलावादी भन्दिन । महिलावाद र पुरुषवादमा मलाई विश्वास पनि छैन । म मानवतावादी हूँ । मानिसलाई महिला या पुरुषका रुपमा नहेरेर मानवका रुपमा