‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’

काठमाडौं । रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको  छ । 

असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताएका छन्। “नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ”–उनले भने। 

सङ्घ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताउँछन्। “खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने रु यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौँ”–उनले भने। 

महासङ्घमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लागेका रामबहादुर थापाले बताए। पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ । रासस

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय

‘सरकार उल्टाउने खेल भैरहेको छ’: गृहमन्त्री

भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास

 वाईडबडी खरिद प्रकरणः देउवा तानिए रवीन्द्र पनि नबच्ने

काठमाडौं । वाईडबडी विमान खरिद प्रकरणले निकै ठूलो तरंग ल्याउने बुझिएको छ । यसको अनुसन्धानमा कुनै अवरोध नआएमा सिंगो राजनीतिक क्षेत्रका हस्तीहरु र