सेल्फीले बढायो सारीको व्यापार

काठमाडौं । सेल्फीले सारीको बिक्री बढायो भन्दा झट्ट पत्याउन नसकिएला । शहरका अनेक कोटीका सारी पसलमा बुझ्दै जाने हो भने सारीको व्यापारमा सेल्फीको योगदान थाहा पाउन बेरै लाग्दैन। 

बर्षेनी आउने महान पर्व दशैं अब नेपालीका घर आँगनमा नाच्न थालेको छ भन्दा फरक पर्दैन । शरद् यामको टन्टलापुर घाम र मन्दमन्द चीसो मौसमले दशैंको आगमनको सूचना दिनथालिसकेको छ । दशैंको आगमनसँगै यसका लागि चाहिने वस्त्र खाद्यान्न र श्रृंगारप्रशाधनका सामग्रीको किनमेल पनि सुरु हुन थालेको देखिन्छ ।

अहिले सारीको कथा

साडीको चर्चा गर्दा रामायणकालिन कथा पनि सान्दर्भिक हुन आउँछ । कथाकी चर्चित  र सम्मानित पात्र सीताले पनि सारी लाएकी थिईन् भन्ने कुरा त उनलाई सग्लो देख्न नपाएका अनुयायीले पनि अनेक विम्वहरुमा दर्शन गरिरहेकै छन् । यही कारणले मात्र नभएपनि हाम्रो समाजका नारीहरुले सारी नै पहिरिने गर्दछन् । समकालिन पुस्ताका युवती र विवाहिता नारी पनि सारीको विकल्प पहिरनमा रमाएका देख्न पाईन्छ । तर विशेष सांस्कृतिक अवसरहरुमा भने प्राय सबैले सारी नै पहिरिएका देखिन्छ । प्राचीन हिन्दु सभ्यतामा महाभारतमा द्रौपदीले सारी पहिरिएको कुरा वर्णन गरिएको पाईन्छ । यस्तै पार्वती,लक्ष्मी,सरस्वती,सती आदि देवीले सारी नै लाएको उनका फोटो र मूर्तीहरुमा देख्न पाइन्छ । सारी नेपाली समाजमा परापूर्वकाल देखिको पहिरन हो र सभ्य नारीको प्रतिक पनि भन्ने मान्यता रहिआएको थियो । 

रुची अनुसारका सारी

हरेक महिलाका लागि आफ्नो जिउडाल सुहाँउदो सारी किन्नु चानचुने विषय कुरा होइन । अहिले बजारमा सिफन, जापानीज, बनारसी, सिल्क, जजट, सुती, नाइलन, खादी जस्ता ब्राण्डका सारी रोजछाडी किन्न पाईने बिक्रेताहरु बताउँछन । काठमाडौंको इन्द्रचोक असनका तिरुपति सारी पसलका व्यापारी राजेन्द्र पन्जियारका अनुसार,बजारमा सिल्क सारी सामान्यतया ८ हजार देखी १० हजार रुपैंयाँसम्मका मूल्यामा बिक्री हुने गरेका छन् । तर सारीको भाउ ठाउँ अनुसार फरक हुने गरेको उनको भनाई छ । उनको पसलमा प्रत्येक दिनमा ३० देखि ३५ जना ग्राहक आउने गर्छन् । पन्जियार भन्छन्– “हामीकहाँ सिन्थेटिक सारी बढि मात्रमा बिक्छ र ती सारीहरुका दाम बढीमा दुइ हजार देखि तीन हजार रुपैंयाँसम्म पर्छ । सिन्थेटिक बुट्टे सारी भने अलि महंगो छ,यसको मूल्य््््् सातहजार पर्छ ।” उनी ३०० देखी ७ हजारसम्मका सारी दिनहुँ बेच्छन् । सारी बेच्न दशैं कुर्न नपर्ने र दशैंले त्यती प्रभाव नपार्ने उनको भनाइ छ । अहिले सारी पसल जतासुकै भएको कारण सारी लाउनु एउटा फेसन भएको उनको भनाई छ । रिटेलमा बनारसी २५सय देखि ३ हजार हुँदै ८ हजारसम्मका सारी उनकोमा बिक्री हुने गरेको छ । 

युवतीका च्वाइस अलग

भर्खरका युवतीले बुट्टा नभएको एक दुईलाइन बोर्डर भएको सारी रोज्ने र वयस्क महिलाले पहिले पहिले झिलमिल जरिसितारा, पोते भएका रोज्ने गरेका तर अहिले सिम्पल साडी खोज्ने गरेको पन्जियारले बताए । उनी पोहोरको भन्दा सारीको मूल्य नबढेको सुनाउँछन् ।

 मोवाईलले सेल्फी खिच्ने चलन बढेपछि त सारीको माग निकै बढेको व्यापारीहरुको अनुभव छ ।

तिरुपती सारी शोरुममा सारी किन्न आउने चाबहिलकी सीता थापाको रुची सिम्पल सिफन वा बनारसी सारी हो । उनले दशैंमा १० हजार देखि १५ हजार छुट्टयाएकी छिन् । उनी भन्छिन्–“ सारीको मूल्य यसपाली दशैंमा निकै नै महँगो छ । हरेक सारीको क्वालिटी छुट्टयाउन गाह्रो र आफूले किन्ने सारी डुप्लिकेट पर्ने हो कि भनेर प्रत्येक पसलमा रोजेर मात्र सारी किन्ने उनी भन्छिन् ।

जमल राजधानीको व्यस्त ठाउँ हो । यहाँ सारीका करिब १ हजारभन्दा माथिका स्टलहरु छन् । सुहागन व्युटि कलेक्सनका व्यापारी राहुल जैसवाल भन्छन्–सिफन, सिल्क, कटन, नेट जालीवाला सारीहरु मेरोमा बिक्री हुन्छ । त्यसमा पनि सिल्क र बनारसी सारी सो कलेक्सनमा सस्ता उनकोमा  छ । एउटा सारीमा औशतमा ५ सय बेच्ने उनी बताउँछन् । सारी व्यापारमा पसल घाटामा नगएको तर उचित नाफामा पनि नगएको उनी खुलासा  गर्छन् ।

बालाजुकी रोनिका के.सी.विद्यार्थी हुन । उनलाई सारी लाउन खुब पनपर्छ रे ! समारोह हेरी उनी सारी लाउँछन् । उनले सारी किनेकी छैनन् तर सारी लाएपछि उनलाई व्यवहारिक भएको महशुस हुन्छ । उनी साजसज्जा नगरी लाईट कलर बोर्डर भएको साडी लाउँछिन् । 

सारी व्यापार र चुनौती

सानेपाकी रोसनी थापाको दश वर्ष देखि बागबजारको मुखैमा क्रिएसन ६३ बुटिक छ । उनकोमा सादा सरल सारीको चल्ती छ । सारी व्यापारबारे उनको अनुभव छ–“अहिले अनलाइले महिलालाई सारी घरघरमै पुर्याईदिन्छ । तर फेसबुकले सारीको रोजाई बढाएको छ, कुन समारोहमा कस्तो सारी साथी संगीले लगाएका छन् हेर्न फुर्सद हुँदैन ।” 

रोशनीको बुटिकमा सिल्क, बनारसी र सिफन सारी छन । ती सारीहरुको मूल्य २५ सयदेखि २० हजार रुपैंयाँसम्मका छन् ।  

(फायल तस्बिर: सारी पसलमा हाँस्य कलाकार जितु नेपाल ।)
      
      

इलाममा पुस २० गते  लगानी सम्मेलन हुने

मङ्गलवारे, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २०

२० प्रतिशत आवेदकले मात्र चौतारी लघुवित्तको शेयर पाउने

काठमाडौ,२८ मंसिर । चौतारी लघुवित्तको आईपिओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज बाँडफाँडको तयारी गरेको हो। बिहीबार

शेयर मूल्य सामान्य अंकले बृद्धि

काठमाडौँ, २७ मंसिर । शेयर बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ६

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग स्थापना

सुर्खेत,२७ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित