मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

 

काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य र जाडो यामको शुरु हुन लागेकोले यो प्रकोप बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो रोगले बालक देखि वृद्ध तथा नेपालका विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ । टाउको दुख्ने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने  जस्ता लक्षणहरु यसमा देखिने तथा यसको क्रम बढेसँगै ज्वरो आउने तथा बालबालिकालाई झाडापखाला लाग्ने समेत हुने पनि महाशाखाले जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै महाशाखाले यस रोगबाट बच्न सकिने उपायहरु सार्वजनिक गरेको छ ।

–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुपमा वा पाखुराले नाक, मुख छोप्ने ।
–    साबुन पानीले मिची मिची हात हुने ।
–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने ।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गर्ने ।
–    अनावश्यक रुपमा मानिसहरुको भिडभाग भएको ठाउँमा नजाने ।
–    शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।
–    आँखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने ।
–    सकभर अरु व्यक्तिहरुसँग हात मिलाउनु भन्दा नमस्कार गर्नु उपयुक्त हुन्छ ।
–    अरुले प्रयोग गरेका रुपमा, कपडा प्रयोग नगर्ने ।
–    नाक, मुख छोप्दा प्रयोग भएको रुपमा राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।

महाशाखाले यि उपायहरु अपनाएमा मौसमी रुघाखोकीबाट बच्न सकिने तर ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा थप उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजान पनि सुझाएको छ ।

 

 

पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

एजेन्सी । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक, ५ जेठ  । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खोटाङ, २ जेठ । खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ

  नियमित जङ्कफुड खाँदा बालबालिकाको ज्यानै जानसक्ने

काठमाडौं । आफ्ना नानीहरुको दवावमा परेर उनीहरुलाई जङ्कफुड ख्वाईरहनु भएको छ भने आजै देखि सावधान रहनुहोस्,नियमित जङ्कफुड खानाले नानीहरुको मृत्यु समेत