१३ वर्षिया बालिकाको कपाल काटेर दुई तल्ला माथिबाट फालियो

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिकामाथि आक्रमण भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजे नगरपालिका–१ की १३ वर्षीया बालिकामाथि आक्रमण भएको हो । बालिका आफ्नै घरको कोठामा सुतिरहेकी थिइन् ।

घरको बाहिर पट्टीबाट भर्‍याङ लगाई कोठामा अपरिचित व्यक्तिहरु आइ उनको बायाँ पट्टीको कपाल काट्नुका साथै घरको दोस्रो तलाबाट खसालेर घाइते बनाएको प्रहरी जानकारी दिएको छ ।

बालिकालाई उनकी आमाले आइतबार बिहान करिब ६ बजे घाइते अवस्थामा देखेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पुर्‍याएका थिए । परिवारले प्रहरीलाई साढे ७ बजे खबर गरेपछि मात्रै प्रहरीले अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्यहरु खुल्ने बताए । दुई जना मान्छेहरु आएर बालिकालाई फालेको परिवारले बताएको एसपी थापाले बताए ।

घटनाबारे प्रहरीले गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको र बालिकाको स्वस्थ्य उपचार पनि भइरहेको उनले बताए । बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भए पनि उनको स्वास्थ्यस्थिति खतरामुक्त रहेको प्रहरीको भनाइ छ । नयाँ पत्रिकाबाट ।

सन्दर्भ तेस्रो निर्वाचन दिवस: प्रदेश र स्थानीय तहको उपनिर्वाचन हुँदै

काठमाडौंँ, फागुन ५ गते । प्रदेश सभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ का भक्तपुरका

हिउँदे झरी अझै लम्बिने

काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि

७१ वर्षमा घरबार, ७२ वर्षसम्म उद्यम

  नरेन्द्र केसी- घोराही, दाङ  । उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म

यो वर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

काठमाडौं । मुलुकभरका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्यपुस्तक नपाउने प्रायः निश्चित भएको छ । पाठ्यपुस्तक छपाइको काम समयमा पूरा हुन नसक्दा