जब भुटानका पूर्व प्रधानमन्त्रीले हिलाम्मे सडकमा श्रीमतीलाई बोके... 

प्रेममा सबै कुरा जायज हुन्छ भनिन्छ । तथापि व्यक्तिको प्रोफाइल अनुसार उसले जायर गर्ने प्रेमको चर्चा पनि त्यसरी नै हुनेगर्छ ।  हालै भूटानका पूर्व प्रधानमन्त्री छिरिंग तोब्गेले श्रीमतीलाई मायाँ दर्शाएको एउटा तस्वीर इन्टरनेटमा भाइरल भइरहेको छ । भूटानका  पूर्व प्रधानमन्त्री तोब्गेले हिलाम्मे सडकमा श्रीमतीलाई बोकेर हिडिरहेको तस्वीर भाइरल बनिरहेको छ । यो तस्वीर उनी आफैले माइक्रो ब्लगिंग साइट ट्वीटरमा राखेका थिए । तोब्गेले श्रीमतीलाई बोकेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, सर वाल्टर जस्तै साहसी त हैन तर पनि हरेक पुरुषले आफ्नी श्रीमतीको खुट्टा सफा राख्नका लागि यस्तो गर्नुपर्छ । 
उनको यो तस्विरको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । अधिकांश मानिसहरुले पूर्व प्रधानमन्त्री तोब्गेको कामको प्रशंसा गरिरहेका छन् ।

हुन त नेपालमा पनि पूर्व प्रधानमन्त्रीहरुका यस्तै किसिमका तस्वीरहरुले चर्चा कमाइ सकेका छन् । नेपालका पूर्व प्रधानमन्त्रीहरुले आफूले कसैलाई बोकेका तस्विर भने होइनन् ।  कतिपय नेताले  आफू प्रधानमन्त्री हुँदा र कतिपयले पार्टीको उच्च तहमा रहँदा खोला तर्ने क्रममा अरुको बुई चढेका थिए । जुन तस्वीर अहिले पनि इन्टरनेटमा फेला पार्न सकिन्छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराइ खोला तर्न अरुको बुई चढेका केही तस्वीर इन्टरनेटमा भाइरल भएका थिए ।

नाना पाटेकर र साजिद खानले छोडे ‘हाउसफुल-४’

मुम्बई । यौन दुर्व्यवहारको आरोप लागेपछि निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरले ‘हाउसफुल-४’ छोडेका छन् । भारतमा चलिरहेको ‘मी टू’ अभियानले

प्रियंका चोपडाको बिहे अर्को महीना

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिहेको तयारी शुरु गरेकी छन् । अर्को महीना अर्थात नोभेम्बरमा हुन लागेको जनाएको छ । प्रियंकाले दुई महीना अघि निक

अक्षय कुमारले रोके \'हाउसफुल-४\' को सुटिङ

मुंबई, २६ असोज । विदेशबाट फर्के लगत्तै अक्षय कुमारले 'हाउसफुल-४' को सुटिङ रोकेका छन् । फिल्म निर्माता साजिद कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि

अमिताभ बच्चन ७६ वर्षमा प्रवेश

मुंबई, २५ असोज । बलिउडका महानायक अमिताभ बच्चन आज ७६ वर्षमा प्रवेश गरेका छन् । अजा उनी जन्मदिन मनाइरहेका छन् ।\\ ७५ वर्ष अघि आजकै दिन अर्थात ११ अक्टुबरमा