बस दुर्घटनामा दुईको मृत्यु

टीकापुर । कैलालीको बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । 

बसले ठक्करले लम्की चुहा नगरपालिका–३ का साइकल यात्री १४ वर्षीय अनिल वादीको ज्यान गएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । “साइकल यात्रीलाई ठक्कर दिएको छ,” प्रहरी निरीक्षक जोशीले भने, “गाडीका कर्मचारी कोही सम्पर्कमा छैनन्, मृतक चालक वा यात्री हुन् खुल्न सकेको छैन ।” 

नेपालगञ्जबाट धनगढी जाँदै गरेको से१ख ११८८ नंको कर्णाली यातायातको बस आज दिउँसो बल्चौरमा दुर्घटनामा परेको हो । घाइते बैतडीका ज्ञानुप्रसाद जोशी, दार्चुलाका विक्रम बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्य घाइते कञ्चनपुरका अमित तामाङ, दार्चुलाका किरण बोहरा, शिव खड्का र रामबहादुर चन्दको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रासस

  पत्रकार महर्जनको सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौं । महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट २३ मे २०१९ (२०७६ जेठ ९ गते बिहीबार) बिहान १० बजेर २० मिनेटमा

थाइल्याण्डमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार एवं करोडौँ ठगीको आरोपमा थाइल्याण्डमा पक्राउ परेका भोजपुर हेलौचा घर भई काठमाडौँ गौरीघाट बस्ने ३८ वर्षीय परशुराम

बसपार्क नहुँदा समस्या

रुकुमपूर्व, १० जेठ । सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा

करोडौं नक्कली भारु सहित युनुस अन्सारी गिरफ्तार

काठमाडौँ । नेशनल टेलिभिजनका सञ्चालक युनुुस अन्सारी करोडौँ नक्कली भारतीय रूपैयाँसहित पक्राउ परेका छन् । करोडौं नक्कली भारतीय रूपैयाँ लिएर काठमाडौं