'नेपाली कांग्रेस धर्मशाला होईन'- सभापति देउवा   

काठमाडौं । सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली काङ्ग्रेस धर्मशाला नभएको भन्दै अनुशासनबिना बलियो नहुने बताएका छन् ।

सभापति देउवाले जंगिँदै भने,पार्टीभित्र अनुशासन भए मात्र बलियो हुनेछ । उनले भने, “पार्टी भनेको धर्मशाला होइन, त्यसैले नेतादेखि कार्यकर्ता सबै अनुशासित भएर बस्नुपर्छ ।” 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले गणेशमान सिंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालाले पार्टीका लागि कहिल्यै झूटो नबोलेको स्मरण गर्दै पार्टीप्रति प्रतिबद्ध भइलागेमा अर्को पटक चुनाव जित्न सकिने भएकाले तयारी गर्न कार्यकर्तालाई   निर्देशन दिए। 

महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले पत्रकार, न्यायालय र चिकित्सा क्षेत्रलाई आतङ्कित पारेको आरोप लगाए। उनले गुटउपगुटलाई त्यागेमा पार्टीमा अन्तरघातको स्थिति नआउने बताए। 

काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विसं २००७, २०४६ तथा २०६३ मा भएको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरेको तथा संविधान जारी गर्ने तथा कार्यान्वयन गर्ने काम पनि काँग्रेसले गरेको जिकिर गर्दै अब देशको आर्थिक समृद्धिको नेतृत्व पनि काङ्ग्रेसले नै गर्ने बताए। 

पूर्वअर्थमन्त्री डा रामशरण महतले चीनबाट नेपालमा रेल ल्याउन रु २५७ अर्ब तथा भारतबाट नेपालमा रेल ल्याउन ३०० अर्ब खर्च लाग्ने बताउँदै हालको नेपालको ऋण रु ६ अर्ब डलर रहेका सन्दर्भमा नेपालमा रेल गुडाउने कुरा हावादारी भएको विचार व्यक्त गरे । 

  केन्द्रीय सदस्य डा शेखर कोइराला, अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, अमृत अर्याल, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेश नं ३ का प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश नं १ का प्रदेश सदस्य केदार कार्की लगायतले काँग्रेस आफ्नै कारणले निर्वाचनमा पराजित भएकाले पार्टीभित्र रहेका कमजोरी सच्याउन पार्टी नेतृत्वको ध्यान जानुपर्ने बताएका थिए। 

प्रधानमन्त्रीको सन्देश: सरकार डा.केसीलाई सुन्दैन

काठमाडौं । चिकित्सा शिक्षा र चिकित्सा सेवामा सुधारका अभियन्ता डा. गोविन्द केसीको पन्ध्रौं अनशनमा सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली

 संविधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको

कालो धन सेतो पार्ने धन्दामाथि कार्बाही हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालो धनलाई सेतो बनाउने धन्दालाई छानविन गरी कानूनी कार्बाही गरिने बताएका छन् ।  प्रतिनिधिसभामा आज संसद्

 \'वाईडवडीमा देउवा संलग्न छैनन्\'- महत

नारायणपुर । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् । घोराहीमा दाङका पत्रकारसँगको