ट्रायल उत्तीर्ण गराइदिन्छु भनी रकम माग्ने बिजय र अनिल पक्राउ

भक्तपुर । महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिए। 

भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको उनले जानकारी दिए। 

पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । रासस

 सुनसरीको हरिनगरमा गोली चल्यो,एकको मृत्यु, प्रहरी घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय

नेपाल आउने मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन

नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्ष

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा

पेट्रोलियम पदार्थको ढुवानीमा प्रभाव पारे सम्झौता रद्द 

काठमाडौ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार एक