दोस्रो खेलमा पनि नेपाल यू–१९ टोली पराजित

काठमाडौं । भारतमा जारी यू–१९ एकदिवसिय सिरिजको दोश्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा भारतको यू–१९ ए टोलीसँग नेपालको यू–१९ टोली ८ विकेटले पराजित भएको हो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरको खेलमा ४५.५ ओभरमा अलआउट हुँदै १५६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुवाती ३ विकेट २३ रनमै गएपनि सन्दीप जोरा र ओपनर तृत राज दासले ६९ रनको साझेदारी गर्दै नेपाली टोलीलाई उकासेका   थिए । यस्तो सुनौलो मौका ७ नम्बर देखि तलका कुनै खेलाडिले टिकेर खेल्न नसक्दा नेपाल कम स्कोरमै समेटिनु परेको थियो ।

नेपालको लागि सन्दीप जोराले दरिलो खेल पस्कँदै ९३ बलमा ५ चौका र १ छक्का सहित ६६ रन बनाए । ओपनर तृत राजले ८६ बलमा ४६ रन बनाए भने भिम सार्कीले ४६ बलमा २६ रन बनाए । अन्य खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतको लागि वाई डी मंगवानी र अजय देवले समान ४ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको भारतीय यू–१९ ए टोलीले २४.१ ओभरमै २ विकेट गुमाउँदै १५७ रन बनाइ लक्ष्य पुरा ग¥यो । सहज जित पाउने क्रममा भारतका लागि वाई भी राथोरले नटआउट ५९ रन बनाए । त्यस्तै ओपनर तथा कप्तान अनुज रावतले ४७ रन बनाए भने प्रभसिमरन सिंहले नटआउट ४६ रन बनाए । 

बलिङतर्फ नेपालको पवन शर्राफ र कमल सिंह ऐरीले समान १ विकेट लिए । नेपाल यसअघि भारत यू–१९ बी टोलीसँग पनि पराजित भइसकेको छ । 

प्रतियोगिताको तेश्रो खेलमा नेपालले आगामी आइतबार अफगानिस्तान यू–१९ टोलीको सामना गर्नेछ । 
 

नेपाल सेमिफाइनलमा, थाइल्याण्ड विरुद्धको खेल वर्षाले रद्द

काठमाडौं, १२ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपाल सेमिफाइनल प्रवेश गरेको छ । घरेलु टोली थाइल्याण्ड

विश्वकपको लामो यात्रा, नेपालको सम्भावना कति ?

काठमाडौं, १२ वैशाख । सन् २०२३ को विश्वकपको लागि शुरु भएको डिभिजन क्रिकेटबाट अहिले नामिबियामा डिभिजन २ को तगडा भिडन्त चलिरहेको छ । आयोजक नामिबिया,

थाइल्याण्डसँग भिड्दै नेपाली युवा क्रिकेट टोली

काठमाडौँ, १२ वैशाख । एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले

मलेसियालाई हरायो नेपालले, अर्को खेल बिहिबार

काठमाडौं, ११ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपालले मलेसियामाथी विजय पाएको छ ।  थाइल्याण्डमा जारी