यी हुन् नेपालको राष्ट्रिय झण्डाका डिजाइनर

काठमाडौं । नेपालको राष्ट्रिय झण्डाका डिजाइनर इञ्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल चौरासी वर्षका उमेरमा पनि जोशिलै छन् । 

भारतमा स्ट्रक्चरल इञ्जिनीयरिङ पढ्दापढ्दै नेपालको सरकारी सेवामा लाग्ने अवसर पाएका उनले हालसम्म थुप्रै महत्वपूर्ण संरचनाको डिजाइन गर्ने अवसर पाइसकेका छन् । विसं १९९१ मा काठमाडौँमा जन्मिएका रिमालको प्रारम्भिक शिक्षाको शुरुआत दरबार हाइस्कुलबाट भयो । उनका जिजुबुबा विष्णुनाथ शास्त्री निकै ठूला गुरु (शिक्षक) तथा दार्श्निक थिए भने हजुरबुबा सरदार कविराज शिवनाथले पनि शास्त्री उत्तीर्ण गरी आयुर्वेद विषय पढेका थिए । उनका पूर्खामध्ये जिजुबाजे विष्णुनाथ र हजुरबुबा शिवनाथ इतिहासमा नै निकै चर्चित छन् । उनको हजुरबुबाको भीमशम्शेरदेखि राजा त्रिभुवनका पालामा राजकविराज (राजाका वैद्य) कै जिम्मेवारी पूरा गर्दागर्दै निधन भएको थियो । रिमालले भने, “त्यतिबेला हाम्रो परिवारमा नपढ्नु भनेको नराम्रो मानिन्थ्यो भने जेठो छोराले अनिवार्य संस्कृत पढ्नैपथ्र्याे ।” सोहीअनुरुप उनलाई जेठो छोरो भएको कारण संस्कृत विषयमा नै भर्ना गरियो । 

उनका दुई भाइलाई भने अङ्ग्रेजी पढिरहेका थिए । पछि परिवारमा उनलाई संस्कृत मात्र नभई अङ्ग्रेजी विषय पढाउनुपर्छ भनी भाइहरुसँगै भर्ना गरियो । उनका भाइ इञ्जिनीयर गौरीनाथ पनि उनका सहपाठी थिए । अर्का भाइ दुर्गानाथले भने विज्ञान पढेका थिए । त्यतिबेला राजाका नजीक भएर काम गर्नेका छोराछोरी र ब्राह्मणका छोराछोरीले मात्र पढ्न पाउँथे । सामान्य व्यक्तिका छोराछोरीले पढ्न सम्भव थिएन । जतिबेला उनले पढ्न शुरु गरे, त्यतिबेला दरबार हाइस्कुलभन्दा अरु कुनै विद्यालय नै थिएन । 

कक्षा १० सम्मको पढाइ सकेपछि त्यतिबेला उच्च शिक्षा हासिल गर्न चाहेमा अन्य देशमा नै जानुपर्ने बाध्यता थियो । विसं २०११ मा उनले प्रवेशिका उत्तीर्ण गरिसकेपछि अमेरिकामा भर्खरै मात्र दोस्रो विश्वयुद्ध सकिएको थियो । त्यतिबेला नेपाली सरकारी खर्चमा बाहेक निजी खर्च गरी पढ्न जान सक्दैनथे । 

दोस्रो विश्वयुद्ध सकिएसँगै अमेरिकाले सबै देशका विद्यार्थीलाई थुप्रै छात्रवृत्ति दिएको थियो, जसमा रिमाल पनि परे । छात्रवृत्ति पाइसकेपछि उनी पनि अध्ययनका लागि कोलकाता गए । त्यतिबेला महिलाले भने खासै पढ्ने चलन थिएन । पुरुषको दाँजोमा महिलाले भर्खर मात्र पढ्ने चलनको विकास भएको थियो । “नेपालमा इञ्जिनीयरको खाँचो भएकाले पढाइ नसकिए पनि सरकारी सेवामा काम गर्ने अवसर पाएँ”, रिमालले भने । 

रिमालले २०१३ सालमा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका समयमा करारमा सरकारी सेवामा काम गर्ने अवसर पाए । उनी जतिबेला सरकारी सेवामा आए, त्यतिबेला सर्वाेच्च अदालतको निर्माणका लागि जग हाल्ने काम भइरहेको थियो । भवनको डिजाइनको काम अर्कै इञ्जिनीयरले गरे पनि रिमाल सरकारी सेवामा प्रवेश गरेसँगै आफूले काम गर्ने अवसर पाएको बताउँछन् । “त्यतिबेलाका ठेकेदार हामीभन्दा बढी निपुण हुन्थे”, उनले भने । 

विसं २०१५ को कुरा हो, प्रधानमन्त्री फेरिनेबित्तिकै सरकारी नियुक्तिमा काम गर्नेलाई अवकाश दिइयो । त्यसमा उनी पनि परे । उनी पढाइसक्नेबित्तिकै काम सिक्न जर्मनी गए । जर्मनीमै रहँदा उनको नियुक्ति मात्र नभई बढुवा पनि पाए । विसं २०१६ को अन्त्यतिर आफ्नो काम सकेर नेपाल फर्केपछि उनले पुनः नियुक्ति लिई राजदरबारको निर्माणको काम शुरु गरे । विसं २०१७ को असार महीनामा उनलाई पुनः घटुवा गरियो । 

घटुवा भएपछि उनले २०१८ सालमा नै राजीनामा दिए, तर दरबारको काम नसकिएकाले स्वीकृत भने हुनसकेन । पछि २०२७ सालमा स्वीकृत   भयो । उनले गरेका महत्वपूर्ण काममध्ये नेपालको झण्डाको डिजाइन पनि एक हो । विसं २०१९ सम्म नेपालको झण्डा जसलाई जस्तो मन लाग्यो त्यस्तै बनाउने चलन थियो । झण्डालाई निश्चित आकार दिनुपर्छ भनेर त्यही वर्ष मात्र सरकारका पदाधिकारीबीच छलफल भयो, जसमा रिमाल पनि थिए । उनकै डिजाइन नेपालको संविधान २०१९मा समाविष्ट भयो । 

“नेपालको झण्डालाई पौराणिक रुपमा बनाउनुपर्छ भनेर हामीबीच सल्लाह भयो, त्यसैअनुरुप नै डिजाइन दिने काम गरेंँ”, उनले सुनाए । उनका अनुसार झण्डामा कस्तो रङको प्रयोग गर्ने, आकार कति राख्ने र झण्डामा के के राख्ने भन्ने शास्त्रकै नियम पछ््याइएको थियो । उनले लुम्बिनी क्षेत्रको ज्यामितीय अध्ययन गरी ‘लुम्बिनी चक्र’ पुस्तक पनि प्रकाशन गरेका छन् । 

शहीदढोका निर्माणको काम गरेर विशेष कामका लागि जर्मनी जानुपर्ने भएपछि बनाउने जिम्मा उनका भाइ गौरीनाथले लिए । 

सरकारी काममा लाग्दालाग्दै उनले थुप्रै व्यावसायिक डिजाइन पनि गरे । उनले बनाउनुभएका डिजाइनमध्ये बागबजारमा रहेको अङ्गुरबाबा जोशीको खुट्टेघर अहिले पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा राखिएको उड्नेघर निकै चर्चित छन् । उनले डिजाइन गर्नुभएका पूर्वाधार अहिलेसम्म पनि उत्तिकै टिकाउ छन् । “कुनै पनि घर भूकम्प प्रतिरोधी हुनैपर्छ, सुन्तलाको रङ पहेंँलो हुँदैमा थप पैसा तिर्नैपर्छ भन्ने हुँदैन”, उनी थप्छन्, “घर बनाउँदा घरभित्र बस्ने मान्छेको सुरक्षा पहिलो प्राथमिकता हो ।” 

रिमालका अनुसार डिजाइन गर्नु भनेको कुनै संरचना बनाउनुअघि कोर्नु मात्र नभई त्यहाँको सामाजिक, आर्थिक सबै पक्षलाई ध्यान दिनुपर्छ ।   घर बनाउँदा एउटा इञ्जिनीयर मात्र नभई ठेकेदारसमेत बन्नुपर्छ ।  रिमाल भन्छन्, “हामीले काम गर्दा इञ्जिनीयरभन्दा त्यहाँका ठेकेदार निकै निपुण   थिए ।”अहिलेका ठेकेदार अरुलाई अह्राउने र काम कस्तो भयो भनी राम्रोसँग रेखदेख नगर्ने भएकाले बनाइएका पूर्वाधार भूकम्प प्रतिरोधी नभएको रिमाल बताउँछन् । 

रिमालले टीकापुर शहरको समेत डिजाइन गरेका थिए । शहर कस्तो बनाउने भन्ने सरकारले डिजाइन गरेर नै अघि बढ्नुपर्ने उनी बताउँछन् । शहरको डिजाइनभित्र त्यहाँको शैक्षिक स्थिति, विद्यालय–क्याम्पस, बैंक, आर्थिक क्षेत्र, सडक, बिजुली बत्तीलगायत पूर्वाधारको निर्माण, रोजगारीको अवस्था आदि सम्पूर्ण पक्ष समेट्नुपर्ने उनको मान्यता छ । 

सिंहदबारभित्र रहेको पहिलेको परराष्ट्र मन्त्रालयको भवन, देवघाटको सन्न्यास आश्रम, लुम्बिनीको कल्चरल बिल्डिङ, पशुपतिको यज्ञशाला र उन्मत्त भैरवको मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर, जनकपुर चुरोट कारखाना, जनकपुर रामानन्द चोकको ढोका, रेयुकाइ भवन (नक्साल काठमाडौँ), गोरखा स्मारक (स्याङ्जा) लगायतको डिजाइन उनले नै गरेका थिए । “नेपाल प्रज्ञा–प्रतिष्ठानको भवन गोरखा भूकम्पमा क्षति नपुग्दा मलाई घरमा नै आएर एकेडेमीका पदाधिकारीसहितको टोली आएर धन्यवाद र कृतज्ञता व्यक्त ग¥यो”, उनले सुनाए । 

हालसम्म उनले सयौंँ भवन, मठमन्दिर आदिको डिजाइन गरिसकेका छन् । अहिले पनि उनले डिजाइनको कामलाई निरन्तरता दिँदै आएका छन् । उनले सिंहदरबारपछि नेपालमा नै तेस्रो पटक सन् १९९५ मा डा प्रकाशचन्द्र लोहनी अर्थमन्त्री हुँदा कम्प्युटर भित्र्याएका थिए, जुन राजपत्रमा समेत उल्लेख छ । नेपाली आधुनिक कलाबारे लैनसिंह बाङ्देलसँग सिकेका रिमाल हाल नेपाल कला परिषद्का महासचिव छन् । इञ्जिनीयरिङ, वास्तुकला र चित्रकलाका विधामा पोख्त रिमाल नेपालका विभिन्न जातिका परम्परागत गरगहनाको अध्ययन नभएकामा भने चिन्तित छन् ।रासस

क्षमता  एघार हजारको, कैदीबन्दी बीस हजार

काठमाडौं । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् ।  विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा

नेपालीको आयु भारतीयको भन्दा बढी

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१

 खुस्बु  ओलीलाई एएफसी अवार्ड

काठमाडौं । एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको छ ।  आज मलेशियाको

 एक शाखा अधिकृतको सर्बोच्चसम्मको यात्रा कथा

काठमाडौं । २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयको शाखा अधिकृत बनेका एक युवाको सपना के थियो होला ? बढीमा मन्त्रालयको सचिब या कागताली