विश्वकै धनी व्यक्तिले दुई अर्ब डलरको परोपकार गर्ने

 

वासिङ्टन, २९ भदौ । विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गरेका थिए । उनिसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले निर्माण गरेको उक्त कोषको नाम “बेजोस डे वान फन्ड” राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिए, “पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।”

बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताएका छन् । “मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।”

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए । उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट गरे ।

अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने ।

बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरेको हो ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ । रासस/एएफपी

 

 अटेर गरी गाडी चलाएका राजकुमार फिलिप गाडी दुर्घटनामा 

लण्डन । उमेरले झण्डै सय बर्षको हाराहारीमा पुगेका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उनी अझै

\'पर्खाल बजेट\'ले अमेरिकामा राजनीतिक विवाद चुलियो 

वासिङटन । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक

 गर्भवती विरालो मार्ने चालकलाई जेल सजाय 

क्वालालमपुर । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ ।  गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले

मंगोलियामा बच्चा स्याहार्न पाँच दिन तलबी बिदा

उलानबाटोर, ३ माघ । आफ्ना बालबालिका स्याहार्नको लागि मङ्गोलियाको सरकारले बाबुआमाहरुलाई तलबी बिदाको घोषणा गरेको छ । विभिन्न रोगहरुको संक्रमण हुने