टेलिभिजनसँग सम्झौदा रद्द गरेको एन्फाको विज्ञापन एजेन्सीसँग नयाँ सम्झौता

 

काठमाडौँ, २९ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ ।

नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो । “टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ” एन्फा प्रवक्ता किरण राईले भने ।

गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो । जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो । सो बापत उक्त टिभीले एन्फालाई वार्षिक रु एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो ।

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । “शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैया दिने प्रवक्ता राईले जानकारी दिए । सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ । रासस

‘मेस्सीले आगामी बेलोन डी ओर पाउनुपर्छ’ – रिभाल्डो

एजेन्सी । प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनालाई सेमिफाइनल पु¥याइसकेका लियोनल मेस्सीले आगामी वर्षको बेलोन डी ओर उपाधी

ओपनरद्वयको अर्धशतक सहित नेपालको जित, विश्वकप पुग्न असफल

काठमाडौं, ५ वैशाख । नेपाली युवा टोलीले शानदार ब्याटिङ गर्दै कुवेतले दिएको लक्ष्य सहजै पुरा गरेको छ । इनिङमा २२ ओभर बाँकि हुँदै ८ विकेटको जितसँगै

बार्सिलोनाको प्रतिद्वन्दी लिभरपुल, अयाक्सको टोटेनह्याम

एजेन्सी । क्लब फुटबलको विश्वकप युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतिष्ठीत प्रतियोगिताको उपाधीको फाइनलमा पुग्न

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं, ४ वैशाख । ओमान विरुद्ध युएईले १० विकेटको सहज जित दर्ता गरेसँगै नेपाली युवा टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । आईसिसी एशिया यु–१९