दुषित पानीकै कारण ५ सय भन्दा बढि बिरामी भएको पुष्टी


काठमाडौं, २९ भदौ । गत भदौ २३ गते पाँचखाल–१२  कास्कोटेमा आयोजित दर खाने कार्यक्रम पाकेको खाना खाएका ५१२ जना बिरामी परेको मुल कारण दुषित पानी भएको तथ्य पत्ता लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आकस्मिक स्वास्थ्य तथा प्रकोप व्यवस्थापन एकाइले उक्त खाना पकाउन प्रयोग भएको पानी परिक्षण गरेपछि उक्त पानीमा दिसामा पाइने कोलिफर्म जिवाणु पाइएको जानकारी दिएको छ ।

स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका हरु बान्ता गर्ने, रिंगटा लाग्ने भएपछि स्थानीय धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, पाँचखालस्थित प्राथमिक स्वाथ्य चौकी र स्थानीय मेडिकल गरि १३ विभिन्न स्वास्थ्य संस्थामा लगिएको थियो ।

जिल्लाका अस्पताल भरिभराउ भएपछि बिरामीहरुलाई परिवारका सदस्यको सहयोगमा काठमाडौं लगायतका अस्पतालमा लगिएको तथा स्थान अभावमा भुईँमा नै राखेर उपचार समेत गर्नुपरेको थियो । उक्त घटनामा बिरामी परेका मध्ये ४६८ जना घर फर्किइसकेका छन् ।

उक्त दर कार्यक्रममा पाकेको तरकारी, पुलाउ र अन्य खाद्य पदार्थको नमुना परिक्षणको पठाएकोमा त्यसको रिपोर्ट पनि छिट्टै सार्वजनिक हुने बताइएको छ । उक्त कुवाको पानीमै समस्या देखिएकोले अन्य कुवाहरुमा पनि यस्तै समस्या रहे नरहेको परिक्षण गर्न भने बाँकि रहेको बताइएको छ ।
 

 

 सुनसरीको हरिनगरमा गोली चल्यो,एकको मृत्यु, प्रहरी घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय

नेपाल आउने मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन

नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्ष

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा

पेट्रोलियम पदार्थको ढुवानीमा प्रभाव पारे सम्झौता रद्द 

काठमाडौ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार एक