ट्याक्सीको ठक्करबाट मलेसियामा एक नेपालीको मृत्यु

बैतडी,२९ भदौ । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । रासस
 

प्रधानमन्त्री केपी ओली आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौ,५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली

 मर्यादाक्रम: लोक सेवापछि निर्वाचन आयोग पनि रिसायो 

काठमाडौं । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति असन्तुष्टी जनाएको छ । आयोगले यसमा राष्ट्रिय जीवनका विभिन्न

केसीको उपचार गर्न चिकित्सक टोली गठन

काठमाडौं, ४ माघ । शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा रहेका डा.गोबिन्द केसीको उपचारका लागि डाक्टर सुवास आचार्यको संयोजकत्वमा ८ सदस्यीय टोली गठन