दाङमा अझै बालीघरे प्रथा

दाङ, २९ भदौ । कपडा सिलाइ तथा फलामको भाँडा बनाए बापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गा सम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त पुलपुलेसा नभएका कारण ठाउँठाउँमा स्थानीयवासीले यो बालीघरे प्रथा चलाएका हुन् । नदी वारपार गराएबापत मौसमअनुसारको धान, मकैँ, गहुँ, जौ आदि दिने गरेको सतबरियाकी सीता चौधरीले बताए । “गाउँलेसँग बाली उठाउँछु । घरपरिवारलाई त्यही आम्दानीबाट चलाउने गरेको छु” लमही नगरपालिका पैतेकाका बोटे शिवु चौधरीले भने । उनले राप्ती नदीको रिहारघाटबाट डुङ्गा खियाउने गर्छन् ।

पचपन्न वर्षीय चौधरीले २६ वर्षदेखि सोही पेशा गर्दै आएका छन् । उनले त्यहाँ दुई कोठका डुङ्गा राखेर नदीमा बाढी आएको बेला ठूलो र पानी कम भएको बेला सानो डुङ्गा चलाउने गरेको बताए । त्यस घाटबाट सतबरिया, रिहार पैते, गङ्गदी, सालभौरीलगायतका गाउँलेलाई नदी वारपार गराउने गरेको जानकारी दिए ।

सो काम गरेबापत परिवारको सङ्ख्या हेरी मौसमअनुसारको अन्न पाथीदेखि मुरीसम्म लिने गरेको छु”, उनले भने । रिहार र पैतेका अधिकांश मानिसको खेतीपाती सबै नदीपारि नै रहेको र वर्षायाममा निकै सास्ती हुने गरेको रिहारकी कमला चौधरीले बताइन् ।

उनका अनुसार स्थानीय बोटेले नदी वारपार गराएबापत परिवारको सङ्ख्याको आधारमा बाली लिने गरेका छन् । त्यसैगरी बाहिरका गाउँबाट आउने मानिसलाई भने नदी वारपार गरेवापत प्रतिव्यक्ति रु १० लिने गरेको छु, बोटे शिव चौधरीले भने । सो घाटबाट दैनिक आधा दर्जन गाउँका दुई÷तीन हजार मानिस नदी वारपार गर्दछन् । राप्ती नदीमा अधिकांश ठाउँमा पुल नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ । रासस

 

 सुनसरीको हरिनगरमा गोली चल्यो,एकको मृत्यु, प्रहरी घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय

नेपाल आउने मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन

नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्ष

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा

पेट्रोलियम पदार्थको ढुवानीमा प्रभाव पारे सम्झौता रद्द 

काठमाडौ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार एक