खाद्य संस्थानले २ हजार खसी–च्याङग्रा बेच्ने, व्यापारी भाउ बढाउने दाउमा


काठमाडौं, २९ भदौ । आउँदो दशैंलाई मध्यनजर गर्दै खाद्य संस्थानले काठमाडौंमा २ हजार खसी, बोका, च्याङग्रा र भेडा बेच्ने तयारी गरेको छ ।

व्यापारीहरुले दशैंको मौका छोपी खसी–बोकाको मुल्य जथाभावी लिने गरेको परिप्रेक्ष्यमा सरकारी हस्तक्षेप स्वरुप खाद्य संस्थानले यसरी खसी–बोका बेच्दा मुल्य केहि हदसम्म नियन्त्रण हुने गरेकोले पनि संस्थानले लामो समयदेखि खसी–बोका बिक्रीको परस्परा नै स्थापित गरेको छ ।

तथापी सरकारी संस्थानले बेच्ने खसी–बोकाको संख्या न्यून भएकोले व्यापारीहरुले दशैंमा भाउ कसेर उपभोक्तालाई सास्ती दिने गरेको तथ्यसँग सबै क्षेत्र जानकार छन् । दशैंका अवधिमा काठमाडौंमा मात्र ६० हजार खसी–बोकाको माग रहने गरेको छ ।

खाद्य संस्थानले माग अनुसार कम्तिमा पनि १५ हजारको संख्यामा बिक्री वितरण गरेमात्र वास्तविक रुपमा बजारमा हस्तक्षेप हुने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

खाद्य संस्थानले अघिल्लो वर्षको तुलनामा यो वर्ष संख्या बढाएको दाबी गर्ने संस्थानका प्रवक्ता शंकर सापकोटा भन्छन् , ‘अघिल्लो वर्ष हामीले १५ सय खसी–बोका बेचेकोमा यो वर्ष माग बढेकोले २ हजारवटा बिक्री गर्ने तयारी गरेका छौं । ’ अघिल्लो वर्ष बजारमा ज्युँदो खसीको मूल्य औसतमा ५२० हुँदा संस्थानले ४४५ रुपैंया प्रतिकिलोमा बेचेको थियो ।

संस्थानले यो वर्ष पनि विगतमा जस्तै दाङ, नेपालगंज र हेटौंडाबाट खसी–बोका संकलन गर्ने बताएको छ । च्याङग्रा चाहिं मुस्ताङबाट ल्याउने तयारी रहेको पनि जानकारी दिइएको छ । यो वर्ष के–कति मूल्यमा बिक्री हुने कुरा केहि दिनमा निर्धारण हुने पनि बताइएको छ ।

अर्कोतर्फ निजी व्यापारीहरु भने यो वर्ष खसी–बोकाको माग १५ प्रतिशत बढेको बताउँछन् । त्यस्तै उत्पादनमा उल्लेख्य बृद्धि नभएकोले यो वर्ष खसी–बोकाको मुल्य १५ प्रतिशतसम्म बढाउने तयारी रहेको बताउँछन् । अघिल्लो वर्ष ५२० रुपैंया औसतमा बेचेको ज्यूदो खसीको मूल्य यो वर्ष ५९० सम्म पुग्ने बताउँदै उनिहरु खसी–बोकाको आपूर्ति पनि १० हजार जतिले बढाउने बताउँछन्  ।

 

अष्ट्रेलियाको मनग्य आम्दानी छोडेर गाईपालन

रत्ननगर, चितवन । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा

  अलैंची किसान: ऋणमा डुब्दै वसाईं हिँड्दै

ताप्लेजुङ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर

अगरबत्तीको नाममा चरेसको व्यापार

काठमाडौं । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा

नेपाल टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौ,१ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण