साफ महिला च्याम्पियनसीप: नेपाल समूह ‘ए’मा


काठमाडौँ, २९ भदौ । आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो ।

प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो । रासस

 

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ ।  सिङ्गापुरको इण्डियन

खेलको क्रममा घाइते भएका रसियन बक्सरको मृत्यु

एजेन्सी । बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादशेभको उपचारको क्रममा मृत्यु भएको छ । पुर्तो रिकोका खेलाडी सुब्रियल मतियाससँग गत

ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङले नेपाल विजयी

काठमाडौं, ८ साउन ।  टी–२० विश्वकप एसिया छनौटको दोश्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।  लामो समयदेखि चल्न नसकेका ब्याटसम्यान

नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं, ८ साउन ।  टी–२० विश्वकप एसिया छनौटको दोश्रो खेलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेल यसअघि ९ ओभर प्रति इनिङ