एसपी बिस्ट सधै विवादित

‘नालायक नेतृत्वले लज्जित बनाएको छ,’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए– ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’ प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे ।

यसअघि असार मध्यतिर भीमदत्त नगरपालिका ११ भुजेलामा मृत अवस्थामा भेटिएका नैनराम सार्कीको घटनाका अनुसन्धानमा पनि विवाद देखिएको थियो । मृतकका आफन्तले एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटीले आर्थिक चलखेल गरेर टिपरले च्यापिएको देखाएको आरोप लगाएका छन् । सार्कीको शव महाकाली नदी किनारको तटबन्धमा टाउको मात्रै थिचिएको अवस्थामा भेटिएको थियो ।

बिष्ट जुन–जुन ठाउँमा प्रहरी प्रमुख भएर बसे, ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्र भएनन्, राजनीतिक शक्तिका आडमा उनी कारबाहीबाट जोगिए । ‘पटकपटक विवादित भएर जोगिने उनी भाग्यमानी प्रहरी अधिकृत हुन्,’ एकजना बहालवाला प्रहरी निरीक्षक भन्छन्, ‘प्रहरी निरीक्षकमा भर्ना भएयता उनी विवादित भएका दुई दर्जन बढी घटना प्रहरीभित्र बेलाबेला चर्चामा आउने गरेका छन् । उच्च प्रहरी अधिकारीहरूका माझ नरुचाइने उनी शक्तिकै आडमा प्रहरीमा भर्ना भए । शक्तिकै आडमा प्रहरी उपरीक्षकसम्म पुगे ।’ डडेल्धुराको जोगबुढाका एक स्थानीय समाजसेवी भन्छन्, ‘जोगबुढाको कटालमा भएको उनको गाडी दुर्घटनासमेत एक महिलाका चक्करमा भएको थियो ।’ एसपी विष्ट ०५५–०५६ मा इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख थिए । त्यहाँ एकजना जनजाति युवतीसँगको सम्बन्धका कारण उनी विवादमा तानिए । ०५६ को आम निर्वाचनमा राजनीतिक रूपमा समेत उनी विवादित भए ।


लोकतन्त्र आएलगत्तै बैतडीमा प्रहरी प्रमुख डीएसपी भएर काम गर्दा महिला प्रहरीलाई यौन हिंसा गरेको उनीमाथि आरोपसमेत लाग्यो । राजनीतिक शक्तिको आडमा बैतडीमा महिला प्रहरीसँग भएको हिंसाको घटना सार्वजनिक हुन नसके पनि सदरमुकाम गोठालापानीमा उनको खुबै चर्चा भयो । स्थानीय एकजना सञ्चारकर्मीले भने, ‘रेकर्डमा कुनै घटना नआए पनि बैतडी हुँदा प्रहरीभित्रैबाट उनको चर्को विरोध भएपछि उनी तानिएका थिए ।’ कान्तिपुर दैनिकाबाट ।

रोक्का भएन बालुवाटारको जग्गा

काठमाडौँ — बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले

नागरिकता लिन भारतीयको भिड, प्रशासनमा मोटरसाइकलको लश्कर

विराटनगर । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड

तयार भयो राष्ट्रिय शिक्षा नीति

काठमाडौं । सार्वजनिक विद्यालयमा अध्ययन नगरी स्वेच्छिक रुपमा निजी, सहकारी वा गुठीद्वारा सञ्चालित बिद्यालयमा भर्ना भएका बालबालिकाहरूलाई राज्यको

कर बिजकबिनै १ अर्ब २७ करोडको भुक्तानी, १३ करोड १९ लाख बोलपत्रबिनै खरिद

काठमाडौं। सरकारी विकास मन्त्रालयअन्तर्गतका विभिन्न ६ वटा कार्यालयमा झन्डै डेढ अर्बबराबरको रकममा कर बीजक नै जारी नगरी भुक्तानी भएको पाइएको छ ।  ती