पुर्व राजा परिवार सहित थाइल्यान्ड जादै, श्रीलंका र भारत पनि जाने

पुर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज पुन थाइल्याण्ड जानु हुने भएको छ । थाइल्यान्डबाट उहाँहरु श्रीलंका र भारतकोे आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहनुभएका पूर्व राजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै त्यहाँ बैकक पुग्नु भएको छ ।

हिमानीका निजी सचिव स्मिता सिह, पुर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुग्नुभएको छ । उहाँहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उहाकी धर्मपत्नी रोशनी राणा पनि जानु हुने भएको छ ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएको हो । नेपाल समाचारपत्रबाट ।

यी हुन् ११ महिनामा ओली सरकारले गरेका २९ काम

काठमाडौ,५ माघ । ३ फागुन ०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा

दलालका आँखा पूर्वी पहाडका छोरीचेलीमा...

काठमाडौ,५ माघ । नेपाली चेलीहरूलाई भारतको राजधानी दिल्लीको कोठीमा लगेर बेच्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। आठ वर्षदेखि नेपाली चेली बेचबिखनको

३३ किलो सुन प्रकरणः एसएसपी खत्रीलाई थुनामै राख्न उच्च अदालतको आदेश

विराटनगर,५ माघ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स

मन्त्रीले आफ्नो सुविधा आफ्नै तोक्न पाउने....?

काठमाडौ,५ माघ । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी