बलात्कारमा मिलापत्र गराउन सांसदकै घरमा छलफल

बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत (स्थानीयको भेला) राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे ।

पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो ।

तर, पञ्चायतको निर्णय चित्त नबुझेपछि पीडित परिवार उजुरी लिएर इलाका प्रहरी कार्यालय गरुडा पुगेका थिए । बालिकाकी आमाले अन्सारीविरुद्ध उजुरी दिएकी छिन् । गत २० भदौमा घरमा कोही नभएको मौका छोपी अन्सारीले बलात्कार गरेको उल्लेख छ । नयाँ पत्रिकाबाट ।

३३ किलो सुन प्रकरणः एसएसपी खत्रीलाई थुनामै राख्न उच्च अदालतको आदेश

विराटनगर,५ माघ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स

मन्त्रीले आफ्नो सुविधा आफ्नै तोक्न पाउने....?

काठमाडौ,५ माघ । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी

चिनीमा चलखेल

सरकारले दशैँको केही दिनअघि चिनी आयातको परिमाण नियन्त्रण गरेर नेपाली उद्योगीलाई भाउ बढाउन सजिलो बनाइदिएको थियो । आयात नियन्त्रण गर्दा सरकारले उखु

अझै रहस्यमै मानवशास्त्री विष्ट

काठमाडौँ, माघ ४ गते । नेपालको पहिलो मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्ट अझै भेटिनु भएको छैन । ललितपुरको झरुवारासीमा १९८२ माघ ४ गते जन्मनु भएका