विदेशमा उपचार गराए भिभिआइपी र नेताको उपचार खर्च राज्यले नबेहोर्ने 

अब विदेशमा उपचार गर्ने भिभिआइपी देखि दलका उच्च नेताहरुलाई राज्यले उपचार खर्च उपलब्ध नगराउने भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानूनमै यस्तो बन्देज लगाइएको छ।

परिमार्जन सहितको विधेयक आज संसदमा पेश भएको छ। यस अघि विधेयकमा यस्तो नभए व्यवस्था नभए पनि थप गरिएको हो। नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए।

विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो। नयाँ कानुन बनेसँगै मोटो रकम लिएर विदेशमा उपचार गराउँदै आएका भिभिआइपी तथा नेताहरुलाई झड्का लाग्ने देखिएको छ । नागरिक दैनिकबाट ।

बुटमा लुट, आइजीपी खनाल तानिँदै

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार काण्डमा कमजोर अनुसन्धान गरेकोमा प्रहरीको ‘नुर’ गिरेको अवस्था छ अहिले । यस्तो दलदलबाट प्रहरीलाई

खरिदारदेखि सहसचिवसम्मको भर्ना खाेल्दै लाेक सेवा

काठमाडौं - संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदमा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवा आयोगले नियमित

तक्मा वितरण पञ्चायती शैलीमै

संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ३ वर्ष

पर्सामा ५५ वटा सीमा स्तम्भ गायब

पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् ।  सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र