नेकपाको साङ्गठनिक एकीकरण मिलाउने जिम्मा अध्यक्षद्वयलाई

काठमाडौँ, २९ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । 

अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उनले बताए । “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।” दुई अध्यक्षकाबीच आज बिहान एकीकरणका विषयमा थप छलफल हुँदैछ । 

 श्रीलंकाको घरेलु राजनीतिमा भारत र चीनको स्वार्थको लडाईं

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशसँग बाँझिएपछि स्थानीय सरकार संचालनसम्बन्धी बनेको ऐन संशोधनन गरिने भएको छ । ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन

भारत र चीनको गिद्देदृष्टिले श्रीलंकामा गडबडी

काठमाडौं । नेपालको संसदमा उठाउन नमिल्ने कुर्सी व्यवस्था गर्न लागिएको छ । नेपालको आफ्नै अनुभव हेर्दा पनि संसद वैठकभित्र सुरक्षा कडा बनाउनुपर्ने

राज्य विद्रोहको मुद्दामा सिके राउतको पेशी आज

काठमाडौं, २९ कात्तिक । राज्य विद्रोहकोे मुद्दा लगाइएका तराईमा आन्दोलनरत सिके राउनको आज सर्वोच्च अदालतमा पेशी रहेको छ । राउतको मुद्दामा सुनुवाइका