सुकीको चलाखीपूर्ण बचाउ

हनोइ । नोबेल शान्ति पुरस्कार विजयी तथा म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई पत्रकार जेल परेको विषयमा बिहीबार आफ्नो प्रतिरक्षा गरेकी छिन् । 

विश्वभरीबाट व्यापक आलोचना भइरहेको समयमा उनले म्यान्मार स्वतन्त्र प्रेसको पक्षमा रहेको दाबी गरिन् । नेतृ सुकीले अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिङ्ग्यामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यान्मार पुगेको पनि बताईन् । 

उनले पक्राउ परेका पत्रकारद्वयमाथि पूर्वाग्रह र नियोजित कारबाही नगरिएको बताईन् । नेतृ सुकीले भनिन्, “पत्रकार भएकै कारण उनीहरु जेलमा परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भङ्ग गरेका कारण अदालतले दोषी ठह¥याएको हो ।” 

रखाइन राज्यमा रोहिङ्ग्या मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार सङ्कलन गर्दा सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत हप्ता सात वर्षको जेल सजाय भएको थियो । यी पत्रकारहरुलाई दिइएको जेल सजायको विश्वभरी आलोचना भएको छ । 

तर संयुक्त राष्ट्रसंघलगायत विश्व समूदायले यसैलाई स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको यस सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गरेकी छिन् । 

रायटर्सका यी दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन र अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ । साथै संयुक्तराष्ट्र संघलगायत विश्वका कैयौं मानव अधिकार संघसंस्थाले उनीहरुको रिहाइका लागि आग्रहसमेत गरेका छन् । 

म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्दका राखेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी केही वर्षअघि मात्र स्वतन्त्र भई राज्य सल्लाहकारको रुपमा रहेकी छिन् । पत्रकारहरुलाई जेल सजाय गरिएको विषयमा उहाँको मौनताको विषयमा विश्वभर आलोचना भएपछि उनको सो भनाइ आएको छ । रासस
 

किन सधैँ विवाद र चर्चामा रहन्छ म्यानमार

काठमाडौं । प्रजातन्त्रवादीको पर्याय बनेकी नोबेल पुरस्कार विजयी नेत्री आङ सान सुकीमाथि सैनिक तानाशाहीबाट भएका ज्यादतिका कारण अघिल्ला दशकमा सधैंजसो

 सरिफलाई रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ ।  पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी

चीन र अमेरिकाको व्यापार युद्ध उत्कर्षमा, चीनद्वारा अमेरिकी सामानमा करवृद्धि

बेइजिङ, चीन, ३ असोज । अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर

भुटान निर्वाचन रोमाञ्चक हुँदै, सत्ताधारी दल पहिलो चरणमै बाहिरियो

थिम्पु, भुटान, २ असोज । भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न