नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । 

नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हँुदै घर फर्किएको हो । समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बङ्गलादेश र भूटानमाथि शानदार जीत निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । 

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का पदाधिकारी र खेल प्रशंसकहरु नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । समूह चरणमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २–० ले पराजित भएको थियो । श्रीलङ्का पनि भारतसँग २–० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको गोलाप्रथामा माल्दिभ्सले बाजी मारेको थियो । समूह चरणको खेलमा एक गोल पनि नगरी सेमिफाइनलमा आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई तीन गोल गरेको हो । रासस

‘मेस्सीले आगामी बेलोन डी ओर पाउनुपर्छ’ – रिभाल्डो

एजेन्सी । प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनालाई सेमिफाइनल पु¥याइसकेका लियोनल मेस्सीले आगामी वर्षको बेलोन डी ओर उपाधी

ओपनरद्वयको अर्धशतक सहित नेपालको जित, विश्वकप पुग्न असफल

काठमाडौं, ५ वैशाख । नेपाली युवा टोलीले शानदार ब्याटिङ गर्दै कुवेतले दिएको लक्ष्य सहजै पुरा गरेको छ । इनिङमा २२ ओभर बाँकि हुँदै ८ विकेटको जितसँगै

बार्सिलोनाको प्रतिद्वन्दी लिभरपुल, अयाक्सको टोटेनह्याम

एजेन्सी । क्लब फुटबलको विश्वकप युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतिष्ठीत प्रतियोगिताको उपाधीको फाइनलमा पुग्न

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं, ४ वैशाख । ओमान विरुद्ध युएईले १० विकेटको सहज जित दर्ता गरेसँगै नेपाली युवा टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । आईसिसी एशिया यु–१९