भरतपुर महानगरको फोहर व्यवस्थापन कोरियाली कम्पनीको जिम्मा

  चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग बिहीबार यहाँ सम्झौता भएको छ । 

कोरियाली सरकारको मातहतको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पाेरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पाेरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरे । सम्झौतापत्रमा एक वर्ष्भित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख छ । 

फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने छ । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको छ । सो अवसरमा महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी विस्तृत अध्ययन गरिने बताईन् । 

कर्पाेरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसङ्ख्याको फोहर व्यवस्थापन गरिरहेको बताए । अध्ययनपछि फोहर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास व्यक्त गरे । 

यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि आज सम्झौता भएको हो । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् । 

हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीनरुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिगाहा जग्गा छुट्याइएको छ । महानगरले वनलाई क्षतिपूर्तिबापत जिल्लाको माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठ, महानगरका उपप्रमुख पार्वती शाह, कोरियाली कम्पनी प्रतिनिधि, वडाअध्यक्षहरुलगायतको उपस्थिति थियो । रासस
 

 सुनसरीको हरिनगरमा गोली चल्यो,एकको मृत्यु, प्रहरी घाइते

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय

नेपाल आउने मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज । नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन

नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्ष

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा

पेट्रोलियम पदार्थको ढुवानीमा प्रभाव पारे सम्झौता रद्द 

काठमाडौ, ४ असोज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।  निगमले बुधबार एक