नयाँ आइफोन सार्वजनिक, मूल्य ११०० डलर


कुपरटिनो, क्यालिफोर्निया, २८ भदौ । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेका छन् । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ । रासस/एपी

 नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

  ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा

वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको

फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाउने सामसुङ पहिलो कम्पनी

सानफ्रान्सिस्को, ९ फागुन । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

 क्यान इन्फोटेक वीरेन्द्रनगरमा हुने

सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) सुर्खेतको आयोजनामा फागुन