ऋण तिर्नभन्दा साहु मार्न सजिलो लागेपछि...

झापा, २८ भदौ । गत सोमबार पैसा लिन आसामी सद्दाम हुसेनसँग गएका कपडा व्यापारी खेमराज पौडेल बेलुकासम्म नफर्केपछि पौडेलको श्रीमतीले प्रहरीलाई खबर गरिन् ।

प्रहरीले पौडेललाई खोज्दै जाँदा बुधबार बिहान हत्या गरि फालिएको अवस्थामा पौडेलको शव नेपाल–भारत सिमा नजिक भेटाएपछि शंकाको सुइ सिधै आसामी सद्दाम हुसेनतर्फ मोडिएको थियो ।

पौडेलको श्रीमती दिपाले जानकारी दिए अनुसार पौडेलले ९० हजार रुपैंया गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनसँग लिनुपर्ने थियो । हुसेनले पौडेललाई पैसा लिन बोलाएका थिए र २ जना सँगै बाइकमा गएका थिए । यसरी गएका पौडेल नफर्केपछि दिपा प्रहरीकोमा गएकि थिइन् ।

प्रहरीले घटनास्थलबाट मृतक पौडेलको मे७प १९०४ नम्बरको मोटरसाइकल, पर्स, चप्पल, मोबाइल, हेल्मेट र सल बरामद गरेको छ । प्रहरीले दिपाको बयानको आधारमा हुसेनको खोजी गर्दै जाँदा घरमा नुहाएर बसेको अवस्थामा भेटि पक्राउ गरेको थियो ।

बुधबार हुसेनलाई सार्वजनिक गर्दे प्रहरीले हुसेनले हत्या गर्ने उद्देश्यले नै पौडेललाई बोलाइ नेपाल–भारत सिमामा लगेका थिए । प्रारम्भीक अनुसन्धानमा पौडेलले पटक–पटक पैसा तिर्न आग्रह गर्दा अटेर गरेकाले हुसेनलाई गाली बेइज्जत गरेका थिए । हुसेनले सोही रिस फेर्न र हत्या गरे पैसा तिर्न पर्दैन भन्ने सोचेर पौडेलको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

हत्यामा अरु को–को संलग्न छन् तथा यस घटनासँग सम्बन्धीत अन्य विषयको अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान सुरु गरेकोे प्रहरीले जानकारी दिएको छ ।         

 

 

 

  प्रधान सेनापतिको चेतावनी– ‘आचारसंहितालाई हास्यव्यंग्यको पुलिन्दा नठान्नु’

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड, ६ वैशाख । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन

रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा

एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

काठमाडौँ, ६ वैशाख । एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश