खुस्बु  ओलीलाई एएफसी अवार्ड

काठमाडौं । एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको छ । 

आज मलेशियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 

एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गनाइजेशन र व्यक्तिगततर्पm यो अवार्ड प्रदान गर्दै आइरहेको   छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसीसमक्ष सिफारिश गरेको थियो । 

सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो । 

खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा पाँच नमूना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरीब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन् । 

अध्यक्ष खुस्बुले एक हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् । केही समय अगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिको राष्ट्रिय फुटबल टोली तयार गरी रुस विश्वकपको दौरान स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो । संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ । रासस

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रिदै

महेन्द्रनगर, २९ कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका उनका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ

अरिङ्गालले टोकेर तीन वर्षीय बालकको मृत्यु

दैलेख, २९ कात्तिक । अरिङ्गालले टोकेर दुल्लु नगरपालिका–८ दुवारीचाखाका एक बालकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर घाइते भएका स्थानीय मनिष नेपालीको