आइएमइको पहलमा ओमनको सलाम एयर आउन थाल्यो

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्रा्ष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ । 

हाल विभिन्न ३२ अन्तर्रा्ष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवद्र्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको सो विमान आज बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । यात्रुले रु १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । सो एयरलाइन्सले आजदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताए । “वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ”, अध्यक्ष ढकालले भने । 

ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौँ उडान थपिएपछि सो विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो । 

सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबइ, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौँमा उडान भर्नेछ । सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ । 

नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पु¥याउने विश्वास लिइएको छ । सो विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताए । 

नेपाल र ओमन पुरानो सम्बन्ध भएको मित्र रहेको उल्लेख गर्दै उनले मित्रतालाई हवाइ उड्डयनमार्फत जोडिएकामा प्रशन्नता व्यक्त गरे । कार्यक्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिए । 

उनले नेपाली कामदार लैजान मात्रै नभइ ओमनका पर्यटन भित्र्याउन समेत सो विमान कम्पनी सहयोगी हुने विश्वास व्यक्त गरे । महाप्रबन्धक क्षेत्रीले भने, “सलाम एयरले सातामा सात होइन १४ उडान गरोस् भन्ने हाम्रो चाहना छ ।”
 

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

काठमाडौँ, ६ वैशाख । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ 

  निकुञ्जका वन्यजन्तुलाई पिउने पानी छैन         

बाँके, ४ वैशाख । पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय

पर्यटकको आकर्षण ‘रिमिघा लेक’

बेझाड, ३ वैशाख । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको

पर्यटकको संख्या बढेसँगै उत्साह चुलियो

काठमाडौँ, ३ वैशाख । नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका