कोरियन भाषा र मेरो तीतो अनुभव

मैले जुन किसिमबाट विदेशमा गएर मास्टर्स डिग्री सकें । त्यसपछि फर्किएर नेपाल आएँ । अनि मैले गर्न मिल्ने काम खोजेको तर यता त मलाई मिल्ने काम नै पाईंदो रहेनछ । आफुले अध्ययन गरेको विषयमा दक्षता भएको भए त जेनतेन भुल्ने ठाउँ हुँदो रहेछ । होईन भने विहान बेलुकी चिया पसलमा बसेर गफ चुट्ने कामबाहेक अरु काम नै पाईंदो रहेनछ । 

मैले गर्ने काम नभेटे पछि किताव नै लेखौं लेखौं भन्ने रहर पनि पलाएर आयो । आफुले अध्ययन गरेको विषयसँग सम्वन्धित क्षेत्रमा त मेरो कुनै साईनो नै थिएन । त्यस सम्वन्धी राम्रोसँग बुझेको र अरुलाई बुझाउन सक्ने क्षमता पनि थिएन । त्यसैले त्यतातिर चाहिं लागिन । कोरियन भाषा चाहिं मलाई जेनतेन राम्रै बोल्न आउने अनि यो भाषा अध्ययनका लागि मात्र मैल २ वर्ष हाराहारी नै समय खर्च गरिसकेको अवस्थाले गर्दा भाषासँग सम्वन्धित किताबबाट फाईदा हुन्छ की भन्ने सोचें ।  जसरी हुन्छ कमाउनु पर्छ भन्ने सोच बनाएर थालनी गरें । शुरुमा सन् २००६ तिर नेपालीका लागि कोरियन भाषा सम्वन्धी एक पुस्तक निकालें, त्यै ५०० पैति जस्तो लागेको छ । त्यो त्यतिबेलाको नेपाली बजारमा अपुग भएको भन्थे १ वर्ष जतिमा सबै विक्यो पनि भन्थे । म भने पुरै पैसा लगानी गरेर पुस्तक निकाल्ने मैले विकेको पुस्तकको पैसा लिनका लागि भने नानाथरिको हण्डर व्यहोर्नु पर्ने अवस्था थियो । आधा जति त पैसा उठ्यो पनि होला । आधा भने उड्यो जस्तो लागेको छ । 

त्यै पुस्तकका लागि मैले कति अन्य कोरियन लेखकहरुको शव्द, नेपाली शव्द, अंग्रेजी शव्द चोरें, त्यो पनि सम्वन्धित पक्षलाई जानकारी नै नगराईकन । त्यसैको पाप लागेर होकि पैसा नउठेको जस्तो लाग्यो । 

त्यसपछि पनि मैले अर्काको किताव सारेर आफ्नो बनाउने कामलाई निरन्तरता नै दिएँ । घरमा बसेर अर्काको किताव सार्ने शिलशिलामा सानो छोराले घरका अन्य सदस्यलाई बाबाले किताव सार्दै यहाँसम्म पुग्नु भएको छ । त्यो पाना चाहिं नपल्टाउँ है फेरि बाबाले थाहा पाउनु भयो भने गालि गर्नु हुन्छ भनेर भन्थ्यो भन्ने कुरा आज पनि उसको ममिबाट सुनिरहेको छु । 

सानो छोराले भन्ने गरेको थियो, बाबा म पनि ठूलो भए पछि तपाईंले जसरी नै किताब सारेर तपाईंले जस्तै किताब बनाउँछु है भन्थ्यो । मैले बाबु यो त मैले लेखेको होनि भन्दा उसको जवाफ तपाईंले लेख्नका लागि त अर्काको किताब नहेरिकन लेख्न पर्छ नि भन्थ्यो । उसले त बुझ्ने बेला भएको छैन भनेर नकरान केटा भनेर उसलाई शान्त पार्ने गरेको थिएँ । 

त्यसरि नै लेखिएका कोरियन भाषा सम्वन्धी पुस्तकहरु खासै विक्री हुँदैन थियो । केहि विक्री भएता पनि पैसा हात पार्न कहिल्यै सहज भएन । सन् २००८ पछि काठमाण्डौका बहुसंख्यक घरमा टाँसिएका बोर्डहरु सबैले कोरियन भाषा नै पढाउने भन्ने देखिन्थ्यो । २—४ वटामा पसेर किताव लिने हो त भन्दा उनिहरु पनि आफ्नै पुस्तक छ भन्थे । कसरी लेख्नु भयो त यस्ता किताब भन्दा कोरियामा काम गरेको अनि काम गर्दा गर्दै भाषा पनि सिकेर आएकोले लेखियो भन्थे । 

म पढेर आएको भन्नेले चाहिं अर्काको किताव सारेर आफ्नो बनाएको छु तर उतै काम गरेर आउँदा चाहिं आफ्नै बन्दो रहेछ ! 

यो देशका नागरिकहरुलाई मान्नु पर्छ, अन्यत्र त यस्तो होला जस्तो लागेको छैन । सन् २००९ तिर हो, अर्काको सारेको किताब किलोको ९ रुपैयाँका दरले जम्मा रु. ३०,००० सम्म बुझेको याद छ । त्यसको छपाईमा लागेको रकम भने पुरै भुक्तानी गरेको थिएँ । लगानी मात्र नलाग्ने भए पनि किताव सार्न, शव्दहरु चोर्न समस्या थिएन तर लगानी राम्रैसँग डुव्दै जाँदा परिवारको सदस्य र आफु स्वयंलाई ठूलै मर्का परेको भान हुन्थ्यो । किलोमा किताब बेचिरहँदा सानो छोरोसँगै बसेर खुशी हुँदै सगाउने गर्दथ्यो । बाबाले त्यति दुःख गरेर सारेको किताव सबै लग्यो भनेर खिन्न पनि हुन्थ्यो । उसलाई के थाहा त्यसबाट बाबाले रु. ३०,००० एकै छिनमा लिन्छन् भनेर ।   

यसै भएन उसै भएन भनेर सन् २०१० तिर अव नेपाली, कोरियन र अंग्रेजी शव्दकोष बनाउँदा त केहि हुन्छ कि भन्ने लागेर करिब १ वर्ष जति नै लगाएर सन् २०११ मा कोरियन, नेपाली र अंग्रेजी शव्दकोष नै बनाएँ । यो शव्दकोष बनाउनका लागि पनि कोरियन, अंग्रेजी र नेपाली शव्दकोष सारेर नै त्यो सम्भव भएको हो । हाल त्यो ३ थरिका शव्दकोष सारेर बनाएको शव्दकोष भने जीवितै छ । त्यो चाहिं केहि पाठक वर्गका हातमा पनि पुग्यो । 

छोराको भने त्यसमा पनि फरक धारणा थियो, बाबा त्यो अर्काको किताब सारेर आफ्नो फोटो हालेर बनाउन मिल्छ र, भन्थ्यो । मैले भने बाबु मैले पढेको र दुःख गरेर सारेको भएर यो सार्ने र लगानी गर्ने मानिस भएकोले त्यसमा फोटो राखेको मात्र हो तर अव भने त्यसो गर्ने छैन । बाबु तिमी पनि त्यसो चाहिं नगर है यो राम्रो काम होईन !
 

प्रचण्ड, विप्लव, सेना, राजा र काङ्ग्रेस

हिजो पनि जन आन्दोलनमा विजयी पक्षले नै आफ्नो विश्वास अनुरुपको संविधान निर्माण गरेका थिए ! मर्म र सारमा जनताका प्रतिनिधिले नै संविधान लेखेका थिए ! २०४७

प्रधानमन्त्री ओली र रेशमी रुमाल

प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत द्विपक्षीय विज्ञ समूहका दुई सदस्यहरू नीलाम्बर आचार्य र राजन भट्टराईलाई क्रमश: भारतको लागि राजदूत र

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक

सेना र बन्दूकले अर्काे देशमा हस्तक्षेप गर्ने युग लगभग सकिएको छ । आजको युगमा हस्तक्षेप र अत्याचारको बलियो हतियार बनेको छ-  संस्था । नेपालमा विदेशी

सांस्कृतिक विश्वव्यापीकरण

मानव चेतना सर्वव्यापक छ । यही एउटा यस्तो जीव हो जहाँ जीवन आफैंमा सचेत छ । मानवलाई कल्पना, विवेक, आफ्नो अस्तित्व, जन्म, मृत्यु एवं सचेत अनुभूति जस्ता