जुम्लाको रसिलो स्याउले विदेशी स्याउ विस्थापित गर्दै

 

नेपालगञ्ज, २५ भदौ । स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ ।

अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।

दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ ।

यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्,“जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।”

दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिम जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।

यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताए । राससका लागि नीरज गौतमको रिपोर्ट

 

वाईडबडीमा कमिसन खाएको विवरण आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले निगमभित्र अहिलेसम्म भएका आर्थिक,भौतिक र प्रशासनिक अवस्थाको जानकारी दिन आज श्वेत पत्र जारी गर्ने भएको छ । खासगरी

राष्ट्र बैंकले आज ५ अर्बको रिभर्स रिपो जारी गर्दै

काठमाडौ,२९ कात्तिक ।  नेपाल राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

काठमाडौ,२९ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित

विश्व बैङ्कसँग अठार अर्बको सम्झौता

काठमाडौँ, २८ कात्तिक । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्बको सम्झौता गरेको छ