माथिल्लो तामाकोशीको शेयरमा तीन गुणा बढी आवेदन


काठमाडौँ, २६ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ ।

करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण शेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

स्थानीयले रु एक अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण शेयर हो ।

यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिनेछ ।

आयोजनाले गत साउनको अन्तिम सातासम्म काठमाडौँमा बसोबास गर्दै आएका दोलखावासीलाई यही भदौको २१ गतेसम्म दोलखा जिल्लामा नै शेयर बिक्री गरेको थियो ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । तर हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत हुन सकेको छैन ।

स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो ।

आयोजनाले स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरी शेयर बिक्री गरेको थियो । त्यसमा अति प्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन् ।

गौरीशङ्कर गाउँपालिकाको लामाबगर र गोंगर अति प्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको थियो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ । रासस

 

 करोडौं बिद्युत महसुल नतिर्ने उद्योगी अख्तियारको कठघरामा पर्दै

काठमाडौं,२ वैशाख । नेपालका नाम चलेका उद्योगी व्यवसायीले आफ्नो उद्योग कलकारखाना चलाउन प्रयोग गरेको बिजुलीको महसुल नतिरेको बुझिएको छ । उनीहरुले नेपाल

मलेशियाको कलिङ भिसाधारी ६४ ले पाए श्रम स्वीकृति

काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम

जुम्लामा ५८ किलोवाट विद्युत आयोजना निर्माण

जुम्ला, २९ चैत । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुने क्रममा छ

किड्नी फेरेका उद्योगपती दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । उद्योगपती दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतमा रहेका उनको त्यतै मृत्यु भएको उनको पारिवारिक श्रोतले बताएको छ । गोल्छा