तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो लाग्ने सोचे पनि तकियाको कारण नै मान्छेलाई नयाँ ठाउँमा निद्रा नपर्ने गरेको हुन्छ ।

आफ्नो सुत्ने बानी अनुसार आरामदायी हुने तकिया प्रयोग गर्नेहरुलाई विशेषत यस्तो हुने गरेको पाइएको छ । शरिरले आरामदायी अवस्था पाउन सकेको खण्डमा मस्त निद्रा पर्ने गर्दछ ।

तकिया रोगको कारण

गलत आकारको तकिया प्रयोग गरी सुत्ने क्रममा यदि गर्दन लामो समयसम्म एकैतिर ढल्कीराख्दा असहज हुन सक्छ । धेरै कडा अथवा धेरै नरम तकियाको कारण गर्दन दुख्ने हुन्छ ।

उदाहरणको लागि यदि कसैको दाहिने तथा देब्रे ढल्केर सुत्ने बानी छ र उसले नरम तकिया प्रयोग गरेको छ भने गर्दनले तकियालाई थिच्दा तकियाको आकार सानो भइ गर्दन शरिर भन्दा तल जान्छ । यसले शरिर र गर्दनको सतह नमिल्नाले टाउकोको भार सिधै गर्दनमा पर्नाले दुखाइ सुरु हुने गर्दछ र यो लामो समय सम्म यस्तै भएमा यसले रोगको रुप लिन बेर लगाउँदैन ।

त्यस्तै उत्तानो परेर सुत्नेले अग्लो र कडा तकिया प्रयोग गरेमा पनि यसैगरी गर्दनमा समस्या देखा पर्छ भने घोप्टो परेर सुत्दा पनि कडा र अग्लो तकियाको कारण रोग सुरु हुनसक्छ ।

निद्रा बिग्रिइ हुने समस्या

आफ्नो शरिरको आवश्कता अनुसारको तकिया नभएमा सबैभन्दा पहिले यसको असर निद्रामा पर्छ । मस्त निद्रामा नपरेसम्म मानव शरिरको कोषहरुले आराम पाउँदैनन् । यसको फलस्वरुप मुड खराब हुने, अपच, उच्च रक्तचाप र मुटु रोगको समस्या हुन सक्छ ।

कस्तो तकिया प्रयोग गर्ने ?

नेपाली समाजमा हाल कपास र फाइबरको तकियाको प्रयोग बढि मात्रामा हुने गरेको छ । यिनै तकियाहरु शरिरको आवश्यकता अनुसार बनाउँदा तकियाको कारण हुन सक्ने मेरुदण्ड सम्बन्धी रोग तथा अनिद्राबाट हुन सक्ने रोगबाट बच्न सकिन्छ ।

सहि तकिया छान्नको लागि सबैभन्दा पहिला आफ्नो सुत्ने बानी कस्तो छ त्यसमा ध्यान दिन जरुरी छ ।

उत्तानो परेर सुत्ने बानी छ भने नरम र पातलो खालको तकिया उत्तम हुन्छ । यसले शरिर र टाउकोलाइ सन्तुलित बनाउँछ । तर यदि ग्यास अथवा अम्ल रोगको समस्या छ भने शरिरको लेभलभन्दा माथि टाउको उठ्ने खालको तकिया प्रयोग गर्नु पर्छ । राती सुतेको बेला पेटको अम्ल मुखमा आउन सक्ने हुनाले टाउको लागि माथि उठाउनु परेको हो ।

दायाँ अथवा बायाँ ढल्कीएर सुत्ने बानी छ भने अलिक सारो तकिया ठिक्कको मोटो हुनु जरुरी छ । यसले टाउकोको भार गर्दनमा पर्न दिंदैन र सम्भावित रोगबाट जोगाउँछ । शरिरभन्दा धेरै माथि उठ्ने तकिया पनि हुनु हुँदैन । सुत्ने क्रममा दायाँ भन्दा बायाँ ढल्कीनु उत्तम मानिन्छ ।
त्यस्तैगरी घोप्टो परेर सुत्ने बानी छ भने पातलो र नरम तकिया राख्नु उपयुक्त हुन्छ ।

वास्तवमा शरिरले दिनभर भोगेको थकान मेटाउन मानिसले सुत्नु पर्दछ र सुताइ शरिरलाई हानी नगर्ने गरि मिलेको हुनु पर्दछ । आफ्नो सुत्ने बानी कस्तो छ त्यो विचार गरी सहि आकारको तकिया प्रयोग गर्ने बानी गरेमा अनावश्यक रोगबाट ग्रसित हुनु पर्दैन र जिवन सहज हुन्छ । (एजेन्सीको सहयोगमा)

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

पेट फुलेमा यस्तो घरेलु उपाय अपनाउनुस्

काठमाडौं, २४ भदौ । अन्नपानीको हाम्रो शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । तथापी कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट

मेवा खानुहोस्, यस्ता फाइदा पाउनुहोस्

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका