एक शाखा अधिकृतको सर्बोच्चसम्मको यात्रा कथा

काठमाडौं । २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयको शाखा अधिकृत बनेका एक युवाको सपना के थियो होला ? बढीमा मन्त्रालयको सचिब या कागताली  परिगए सरकारको मुख्य सचिब ! पञ्चायतकालमा एउटा बिचरो कर्मचारी सायद यो भन्दा बढी सपना पनि देख्न सक्दैनथ्यो होला । तर समयले अनेक पटक कोल्ट फेर्दै गयो र व्यक्तिका सपनाहरु पनि सोचेभन्दा विल्कुल अर्कै भएर आउन थाले । यस्तै भैदियो तत्कालिन शाखा अधिकृत ओमप्रकाश मिश्रको जीवनमा पनि ।

शाखा अधिकृतको कुर्सीमा पहिलो पल्ट आशन ग्रहण गर्दा उनको शरीरमा जेजस्तो तरंग प्रवाह भएको थियो होला,लामो सफर पूरा गर्दैगर्दा राज्यको एक उच्च निकायको कुर्सीमा आशन ग्रहण गर्दा आज उनलाई उस्तै तरंग महसुस भैरहेको छ कि छैन त्यो उनै जानुन् । तर ओमप्रकाशको जीवन भने यात्राको शिखरमा पुग्न सफल भएको छ । अब चुनौति छ उनी जुन सिँढी उक्लेर शिखरमा पुगेका छन् के तिनै खुड्लिा टेक्दै टेक्दै सफलतापूर्वक ओर्लन पनि सक्लान् ? यहीँनेर ओमप्रकाशको जीवनको सफलताको अन्तिम परीक्षाफल देखिने छ । यसका लागि केही समय पर्खनै पर्ने छ । 

उनै ओमप्रकाशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २५ गते सोमबार नवनियुक्त प्रधानन्यायाधीशका हैसियतमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शितल निवासमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थितिमा मिश्रले शपथ खाएका छन् । 

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबारै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि शपथ भएको  थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसअघि कामु प्रधानन्यायाधीशको भूमिकामा रहेका मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनले शपथ लिएकै साँझ नै सर्बोच्च अदालत पुगेर पदबहाली पनि गरेका छन् । 

यात्रा हो जीवन

मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका ओमप्रकाश मिश्रले जीवनको लामो यात्रामा यो अवसर पाएका छन् गणतान्त्रिक व्यवस्थाकालमा ।
त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरेका थिए ।

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरेको अनुभव सँगालेका छन् । मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरेका छन् ।

मिश्र र उनको छवि

 २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएको उनका प्रशंषक चर्चा गर्छन् । नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेको बुझिन्छ । सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उनले चीनको अदालतको अभ्यासको अध्ययन गरेको उनको व्यक्तिगत विवरणमा देखिन्छ ।
 
मिश्रले कामु प्रधानन्यायाधीशका रुपमा गत साउन २० गतेदेखि काम शुरु गरेका थिए तत्कालिन कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नभएपछि । प्रधानन्यायाधीशका रुपमा उनले पाँच महीना काम गर्न पाउने छन् । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् । उनको अवकाशपछि वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउनेछ ।  

काठमाडौं उपत्यकामा आज वर्षकै धेरै चिसो

काठमाडौ,१ मंसिर । काठमाडौ उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार शनिवार बिहान काठमाडौंको तापक्रम ६ दशमलव २

प्रदेश प्रमुखको कार्यालय नजिकै युवकको शव भेटियो, एकजना पक्राउ

धनगढी,१ मंसिर । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल