फेरि खिचडी सरकार बनाउन चलखेल सुरु !

काठमाडौं । दुइतिहाई बहुमतको सरकारले छ महिनाको अवधि पूरा गरिनसक्दै अर्को सरकार त्यो पनि खिचडी प्रकृतिको सरकार बन्ने चर्चा सुरु भएको छ । भारी जनमत विरुध्द किन यसरी अनौठो किसिमको राजनीतिक चलखेल सुुरु भयो त । सेना र सर्बोच्चको नेतृत्व फेरिनु, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल भारतको अर्थपूर्ण भ्रमणबाट फर्किनु लगत्तै संसदको गणितलाई नै चुनौति दिने किसिमको नयाँ राजनीतिक चलखेल किन भैरहेको छ भन्ने बारेमा यस्तो छ अन्तकथा–

अव फेरी डा. बाबुराम भट्टराईको सरकारको कुरा गर्दछन् त ! 

खासै पत्यार त लागिहालेको छैन तर सत्तारूढ दलभित्रको प्रचण्ड नेतृत्वको पूर्व माओवादी समूह, वामदेव–झलनाथ समूह, उक्त दल भित्रको क्रिश्चियन लबी, काङ्ग्रेसभित्रको कट्टर गणतान्त्रिक लबी, हृदयेश त्रिपाठी समूह र राजपाहरू ओलीको ठाउँमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने गृहकार्यमा छन् पो भनिँदो रहेछ त !

ओली विरुद्धको चौतर्फी प्रहार र पार्टीको आन्तरिक असहयोगको पछाडि त्यो रणनीतिले काम गरिरहेको छ रे !

ओली गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको सवालमा त्यति प्रतिवद्ध नभएकोले भारतीय राजनीतिमा मोदी विरोधी राजनीतिक शक्तिहरू, भारत र पश्चिमका क्रिश्चियन लबी सबैतिरबाट ओलीमाथि आक्रमण बढाएर उनी विरूद्ध शक्तिशाली जनमत निर्माण गर्ने र, त्यसैको नाऊँमा पार्टीको भविष्यको नाऊँमा उनी विरुद्ध पार्टीलाई उभ्याउन सकिने सोच अन्तर्गत काम भैरहेको छ रे !

ओलीको दलकै र उनी निकट भनिएका मूख्यमन्त्रीहरूले एकपटक प्रधानमन्त्री र आफ्नै दलका नेता तथा अध्यक्षसँग एकचोटी पूर्व परामर्श समेत नगरी संघीय सरकार विरुद्धको सामूहिक मोर्चावन्दीले पनि भित्रभित्रै ठूलै भाँडोमा खिचडी पाकिरहेको संकेत गर्दछ ! 

बाबुरामलाई अघि सारेर ओलीलाई हटाउने अनि आफू नै नेतृत्वमा जाने प्रचण्ड रणनीतिमा समर्थन र सहयोगकोलागि मुख सुघ्न प्रचण्ड भारत गएका र त्यही क्रममा चीन जान लागेका भन्छन् !

भन्छन् – ओलीका दाहिने हात भनेर चिनिएका पूर्व एमालेका अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच भएका केही असक्षम मन्त्रीहरू र ओलीका प्रमुख सहयोगीहरू पनि त्यो रणनीतिका अङ्ग छन् !

दशैं तिहारपछि सघनरूपमा आउने यो रणनीतिलाई ओली सरकार गठन भएको बर्ष दिन पुग्ने बेलासम्ममा कार्यान्वयन गराई सकिन्छ र, 
बाबुरामको हालैको धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्न भारतले दवाव दिएको र त्यसलाई नसुनिएकोले भारतले नाकावन्दी लगाएको धारणालाई सार्वजनिक गर्नु पछाडि नेपाल, भारत र पश्चिमा राष्ट्रहरूको क्रिश्चियन लबीलाई नेपाली राजनीतिमा पुन सशक्त हैसियतमा स्थापना गर्नु र आफ्नो राजनीतिक महत्वाकांक्षा सिद्धि गर्नु हो भन्ने मत पो सुनियो !
 
हिजो पत्यार नलाग्दा नलाग्दै खिलराज रेग्मी नेतृत्वमा सरकार बन्यो, स्थानीय, प्रदेश र केन्द्रियतहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो !
 अस्थिरताको खेती गर्ने राजनीतिक व्यवसायमा लाग्नेहरूले जे पनि गर्न सक्दछन् नी होइन ?

मुखको तीतो पोख्न र त्यसैमा स्वाद लि घन्टौ समय खर्चिन सक्ने तर सरकारको सफलता, प्रभावकारिता र विश्वसनीयता बढाउन खासै समय दिन नसकिरहेका देखिने ओलीले गम्भीर ध्यान दिनु पर्ने विषय भने हो भन्ने लाग्दछ !

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराईको फेसबूक टिप्पणी)
 

 नयाँ अख्तियार प्रमुखको वाचा-\'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु\'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ

 संविधान कार्यान्वयनमा काङ्ग्रेस असन्तुष्ट   

काठमाडौं । नेपाली काङ्ग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ ।  संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष

\'यो संविधान लङ्गुरबुर्जामा जितेको दस्तावेज होईन\'- ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

 ‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’

काठमाडौं । रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको  छ ।  असोज ५