प्रधानमन्त्रीसँगको सत्ता तमसुक दिल्लीमा, ओलीले एकपद छोड्ने समझदारी भएको प्रचण्डको जिकिर

काठमाडौं  ।  सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिवसीय दिल्ली भ्रमणले प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको आयु छोट्याएको छ । प्रचण्डले दिल्लीमा पुगेर नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण हुँदा दुई शीर्ष नेताबीच पार्टी र सरकारको नेतृत्व आलोपालो हुने संझौता भएको खुलासा गर्नुभएको छ । र उहाँले यसको बारेमा भारतका नेताहरुलाई पनि बताएको सगर्व घोषणा गर्नुभएको छ ।

भारतको प्रख्यात समाचार पत्र दैनिक हिन्दुस्तान टाइम्समा आइतबार प्रकाशित उहाँको अन्तरवार्तामा पार्टी एकीकरणका शर्त र नेतृत्व चयन तथा सत्ता हस्तान्तरणका विषयका कुरा भारतका नेताहरुलाई बताएको उल्लेखित छ । प्रशान्त झाले उहाँलाई तपाईहरुबीचको विशेष समझदारी के हो ? के प्रधानमन्त्री ओलीले तपाईंलाई दुईबर्षमा पार्टी अध्यक्ष वा प्रधानमन्त्री वा दुबै पद छोड्ने प्रतिबद्धता गर्नुभएको छ ? भनेर सोध्दा उहाँले भन्नुभएको छ, ‘समझदारीको भावना दुई मध्ये एक पद हो।’

पत्रकार झाले फेरि खोर्याएर सोध्नुभयो, उहाँले गर्नुभएन भने ? जवाफमा प्रचण्डले भन्नुभयो,’हामी त्यसपछि हेर्नेछौ। अहिले हामी पूर्ण ईमानदारीसंग चल्नेछौं। म त्यसरी नै अगाडि बढिरहेको छु। मैले भारतीय नेताहरूलाई पनि भनेको छु।’

ओली सरकारको राजनीतिक भविष्यलाई नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणसंग जोड्ने राजनीतिक विश्लेषकहरुले अब ओलीको सरकारको केही दिनका पाहुनामात्र भएको बताउन थालेका छन् । प्रचण्डले हिन्दुस्तान टाइम्सको अन्तरवार्तामा आफ्नो भ्रमणलाई भारत सरकारले उच्च महत्व दिएको र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मानपूर्वक लिएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको रुपमा भ्रमण गर्दा हुने भारतीय विश्व सम्बन्ध परिषद्, पीएचडी च्याम्बर्स अर्फ कमर्शका मञ्चहरुमा नेकपाका संयुक्त अध्यक्ष प्रचण्डलाई संबोधन गराउने देखि गृहमन्त्री, विदेश मन्त्री र पूर्व प्रधानमन्त्रीलाई समेत भेटाउने प्रबन्ध भारतीय संस्थापन पक्षले गर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्लाएक्लै सबा घण्टा लामो वार्ता गरेर मात्र होइन् प्रचण्डलाई स्वागत गर्न आफै आएर र विदाई गर्न पनि स्वयं आएर प्रधानमन्त्री ओलीलाई नयाँ सन्देश दिनुभयो । दिल्लीले सिंहदरबारको शासनको आसनमा कुनै भरपर्दो नेता खोजिरहेको छ, जसको बोलिमा विश्वास गर्न सकियोस् ।

प्रधानमन्त्री के.पी. ओलीले नियुक्त गर्नभएको भारतका लागि नेपाली राजदूत निलकण्ठ उप्रेती विवादमा परि संसदीय सुनुवाईको चरणमा प्रवेश गर्न नसकेको अवस्थामा यो भ्रमणको तारतम्यमा नेपाली राजदूतावास र राजदूतको भन्दा नेपालस्थित भारतीय राजदूत र भारतको संस्थापन पक्षको विशेष रुचि रहेको बुझ्न कठिन छैन् ।

नेपालमा चौथो विमस्टेक सम्मेलन नसकिदै बिमस्टेक राष्टहरुबीच  भारतमा हुन लागेको संयुक्त सैनिक अभ्यास र बिमस्टेक राष्टहरुका सेना प्रमुखहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रमलाई नेपाल सरकारले अन्तिम घडीमा रद्द गरेको कारणले  दिल्ली नाराज बनेको अवस्थामा  नेकपाभित्र सत्ता र पार्टी नेतृत्वको दौडमा प्रधानमन्त्री ओलीलाई अरुले पछि पार्ने अवस्था सिर्जना भएको छ ।

हेर्नुहोस अन्तरवार्ताको भावनुवाद

भारत र चीन साझेदारीमा केन्द्रीत छन्, साना खेल खेल्ने छैनन्  : प्रचण्ड

 

प्रशान्त झा /हिंदुस्तान टाइम्स, नयाँ दिल्ली

नेपालका पूर्व प्रधानमन्त्री र हालै दुइपाटी विलय भएर बनेको नेपाल कम्युनिस्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका सम्पूर्ण  राजनीतिक नेतृत्वलाई भेट्न दिल्लीमा चार दिन बिताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा भारतका प्रधान मन्त्री नरेंद्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह र पूर्व प्रधानमन्त्री र कांग्रेस नेता मनमोहन सिंहलाई भेट्नुभयो। आइतबार नेपाल फर्कनुभन्दा अघि, उहाँले नेपाल आन्तरिक राजनीति र नेपाल-भारत-चीन त्रिकोण सम्बन्ध सम्बन्धी भविष्यवाणी गर्नुभएको थियो। सम्पादित अंशहरू:

 

भ्रमणको समयमा भारतीय नेतृत्वमा तपाईंको मुख्य सन्देश के हो?

 

लामो समयको उतार चढावपछि  नेपालमा राजनीतिक स्थिरताको वातावरण सिर्जना भएका छ । यस्तो वातावरण जहाँ हामी आर्थिक विकासलाई अगाडि बढाउन सक्छौ । यस्तो अनुकूल समयमा भारतले हामीलाई मद्दत गर्न सक्ने उपायहरु खोज्न चाहान्थे  र मलाई विश्वास छ कि त्यस उद्देश्य प्राप्तिमा मेरो भ्रमण सफल भएको छ ।

 

तपाईंले शनिवार बिहान प्रधानमन्त्री नरेंद्र मोदी भेट्नुभयो। भेट कस्तो रह्यो ?

 

म यस पहिले पनि माओवादी नेता र प्रधान मन्त्रीको रूपमा  भारतभ्रमणमा आएको छु। अहिले म एकीकृत (कम्युनिस्ट) पार्टीको अध्यक्ष छु। तर मैले विगत र अहिलेको भ्रमणमा भारतीय नेताहरुको विचारमा  कुनै फरक देखेको छैन। वास्तवमा, म अहिले प्रधानमन्त्री छैन् तर भारतीय प्रधानमन्त्री मोदीले  मलाई जुन प्रकारको उच्च सम्मान  दिनुभयो, उहाँ आफै मलाई स्वागत गर्न आउनुभयो, भेटपछि मलाई विदाई गर्न  बाहिर निस्कनुभयो। जब म प्रधानमन्त्री र माओवादी नेता थिए, मैले १९/२० मिनेट भेट्ने समय पाएको थिए, यस्तो भेट एक्ला-एक्ले हुदैन। यस पटक हामीले एक्ला-एक्ले एक घण्टा र पन्ध्र मिनेट संगै बितायौ र नेपाल-भारत सम्बन्धको विभिन्न पहलुहरु, आर्थिक विकास, प्रधानमन्त्री मोदीको हालैका नेपाल भ्रमणहरू र सम्पन्न भएका सम्झौताका कार्यान्वयनको बारेमा र अन्य  सम्भावनाका बारेमा पनि  कुराकानी गर्यौं। हामीले भारतीय उपमहाद्धीपको इतिहास समीक्षा गर्यौं। उहाँले ४०० बर्ष अगाडिसम्म विश्व अर्थतन्त्रको ५० प्रतिशत हिस्सा ओगट्ने भारत र चीन कसरी साथसाथै थिए भन्ने उल्लेख गर्नुभयो। हामी  अब आपसी विश्वास र सहयोगको नयाँ युगमा प्रवेश गर्दैछौ भन्ने निष्कर्षमा पुग्यौ। यस समयमा हामीले विभिन्न विषयमा सार्थक र गुणात्मक  कुराकानी गरेका छौ।

 

प्रधानमन्त्री मोदीले विगत चार बर्षमा चार पटक नेपालको भ्रमण गरिसक्नुभएको छ।  यस अवधिमा नेपाल-भारत सम्बन्धलाई यहाँले कसरी हेर्नुभएको छ ?

 

१७ वर्ष कुनै भारतीय प्रधानमन्त्री आउनुभएन अनि अहिले मोदीजी आफ्नो प्रधानमन्त्रीत्वकालको तीन बर्षमा चार पटक आउनुभयो । यो एक महत्वपूर्ण रणनीतिक विकास हो।उहाँ पहिलो पटक नेपाल आउदा व्यवस्थापिका संसदलाई संबोधन गर्नुभयो । सडकमा उत्रिएर आम नागरिकसमक्ष उपस्थित हुनुभयो, मानिसहरूले स्वागत गरे, यसले ठूलो उत्साह र विश्वास उत्पन्न गरेको थियो तर पछि संविधान जारी गर्दा  मधेश आन्दोलनको कारण केही अवरोध देखा पर्यो, त्यसले उत्साह हराउन पुग्यो  र त्यहाँ संदेह पैदा गर्यो। तर त्यसपछिका उहाँका  दुई भ्रमण भए, नेपालका प्रधानमन्त्री के.पी ओलीले भारतको राजकीय भ्रमण गर्नुभयो र  फेरि  वातावरण सकारात्मक बनेको छ। मोदीजी आफैले अग्रसरता लिनुभयो  र सम्बन्ध सुधार गर्न दोहोर्याएर आउनुभयो । मान्छेहरुलाई यस्तो लागेको हुन सक्छ कि नेपालमा कम्युनिष्ट सरकार छ र भारतमा बीजेपीको सरकार छ । तिनीहरु कसरी संगे जान सक्छन? तर वास्तविकता यस्तो छ कि दुवैले साथसाथ राम्रोसंग काम गर्न सक्छन र सम्बन्ध बास्तवमै सुदृढ गर्न सक्छन ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत-मार्क्सवादी लेनिनवादी) र तपाइले नेतृत्व गर्नुभएको माओवादीहरू एकीकृत भएका छन । साच्चै चीनकै अग्रसरतामा यो एकीकरण भएको भन्ने धारणा पनि छ । के यो साँचो हो ? नेपाली राजनीतिमा चीनको भूमिका छ?

 

पहिलो कुरा म भन्न चाहन्छु कि कम्युनिस्ट पार्टीको हालको एकीकरण चीनको कुनै दबाब, सल्लाह, वा प्राथमिकताको परिणाम होइन। शान्ति प्रक्रिया सुरू गरे पछि, त्यहाँ एमाले र माओवादीबीच एकताको छलफल चलेकै थियो, चीनको त्यसमा कुनै  भूमिका थिएन । तीन-चार वर्षअघि,  संविधान लेखनकै दौरानमा पनि हामीबीच एकताको बारेमा छलफल भएका थिए। यसपटक चुनावभन्दा पहिले हामीले एकताको सहित चुनावी गठबन्धन कायम गर्यौ । यसलाई जनादेश मिल्यो। मेरो विचारमा हाम्रो एकीकरण आन्तरिक प्रक्रियाको परिणाम हो ।

 

तर नेपालका सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन सकून भन्ने चाहाना चीनको थियो । यो केवल एमाले  र माओवादीको बीचमा मात्र हैन किरणजी (मोहन वैद्य) र विप्लब( नेत्रबिक्रम चन्द्र) लगायत अन्य कम्युनिष्ट घटकहरु पनि एकताबद्ध होउन भन्ने उनीहररुको सदासय थियो र रहन्छ पनि  । भन्नका लागि त यो   ठिकै छ। किरण र बिप्लब नेपालका कट्टरवादी बामपन्थी हुन् ।

 

 

 

विगतमा नेपालमा राजनीति भारतमुखी र चीनमुखी कार्डहरू वरिपरि घटेको छ। यसको मुख्य चालक राजतन्त्र र सामन्ती शक्ति थियो। उनीहरूले शक्ति आर्जनको लागि कहिले भारतमुखी र कहिले चीनमुखी देखिन्थे यो संस्कृति  र उनीहरुको विचारधाराको प्रभाव थियो ।  अब हामीसँग एक संघीय लोकतान्त्रिक गणतान्त्रिक  व्यवस्था छ, हामी एक समावेशी लोकतान्त्रमा छौँ, हामीसँग एक अनुपम शान्ति प्रक्रिया थियो। अनि यसले नै भारतसँग एक अनुपम भूमिकामा जोडेको छ । यो सबैमा भारतको अनुपम भूमिका रह्यो । युद्धको उत्कर्षको समयमा मैले भनेको थिए कि हामी राजनीतिक दल हौ,हामी हिंसालाई निरन्तरता दिन चाहदैनौ र यदि नेपाली जनतालाई साच्चिकै लोकतान्त्रिक अधिकार दिने हो भने हामी शान्तिप्रक्रियमा आउन चाहान्छौ । माओवादी पार्टीको अध्यक्षको रुपमा मैले तात्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई पत्र लेखे कि यदि भारतले यो प्रक्रियालाई सहजीकरण गर्दछ भने शान्तिको वातावरण सिर्जना हुनेछ । यदि तपाई शान्ति प्रक्रियाको जरामै पुग्न चाहानुहुन्छ भने यो बाजपेयीसम्म पुग्दछ । उहाँलाई प्रत्यक्ष जवाफ दिने अवस्था त थिएन तर मैले बुझेसम्म त्यहा सकारात्मक प्रतिक्रिया थियो र ठोस रुपमा । त्यसपछि भारतीय कांग्रेस अन्तरगत मनमोहन सिंहले पनि सहयोग गर्नुभयो । र यसले निरन्तरता पाइरह्यो । भारतीय भूमिकाको यो यथार्थलाई कसैले पनि नजरअन्दाज गरि नकार्न सक्दैन ।

तर वर्तमान सन्दर्भमा हवाई,सडक,रेल र संचारको सम्पर्क प्रमुख विषय हो । अतः चीनसंग स्थल र रेलको सम्बन्ध स्थापना गर्नु स्वभाविक प्रक्रियाको एक अंग हो ।   हामी भूपरिवेष्ठित भएका छौ बरु स्थलमार्गबाट जोडिन पाए राम्रो हुन्थ्यो भन्न  चेतना पनि नेपालमा आएको छ । हो नेपालमा चीनको गतिविधि बढेको सही हो तर तपाई यसलाई भारतसंग तुलना गर्न सक्नुहुन्न । भारत अझै पनि यी सम्पूर्ण आर्थिक क्रियाकलापमा प्रमुख नायक हो ।

हामीले यो  पनि बुझ्नुपर्दछ कि भारतलाई चिढ्याउने वा उकास्नको लागि चीनले नेपाललाई सघाउदैन वा उकास्दैन । माओवादी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा मैले  चीनको  बारम्बार भ्रमण गरेको छु  म चाँडै फेरि जाँदैछु। कुनै नेताले मलाई कहिल्यै  पनि  भारतसँग राम्रो सम्बन्ध नराख्न भन्नुभएन न त भारतकाप्रति  नकारात्मक कुरा नै भने बरु तिनीहरूले सधैं भारतसँग निकट रहेर काम गर्न सल्लाह दिए। तपाईंले पनि हेर्नु भएको छ, भारत-चीन सम्बन्धहरू गहिरिदै छ। मोदीजी चीन जानुभएको छ। सी जिनपिङ यहाँ आउनुभएको छ। मैले के बुझें, मोदीजी  र सि जिनपिङबीचमा धेरै गहिरोसग रणनीतिक वार्ता भएको छ। दुवै नेताहरु सम्बन्ध सुधार गर्न चाहन्छन्। मैले सोचेको छैन कि चीन र भारत साना खेलमा अल्झिनेछन्  जब तिनीहरू दुवै एशियाली शताब्दीको लागि  साझेदारी सिर्जना गर्नतिर केन्द्रीत छन् , तिनीहरु ठूला बजार हुन्,  तिनीहरु विश्वस्तरमा उठ्दैछन ।

 

तर के वास्तवमा नेपालमा  खास गरी बर्तमान सरकारद्धारा, जहाँ  भारतसंगको निर्भरता र संलग्नता कम गदैै चीनसंगको संलग्नता गहन ढंगले बढाएर र एक रणनीतिक सम्बन्ध निर्माण गर्ने एक संगठित प्रयास हुँदैछ ? यो नेपालका कम्युनिष्ट पार्टीको एक राष्ट्रवादी वा नव राष्ट्रवादी प्लेटफार्मको रूपमा देखिने विषयसंग  पनि सम्बन्धित छ ।

 

यसमा नेपाल र नेपालका नेताहरूले के सौच्छन भन्ने एक कारक हुन सक्छ  तर  भारतीय र चिनियाँ नेताहरूले के सोच्छन भन्ने कुरा फरक छ ।  प्राय: यसका बारेमा  भ्रम छ। नेपालमा कसैलाई भारतीय भूमिका घटोस् र चिनिया भूमिका बढोस भन्ने चाहना हुन सक्छ । तर के भारत र चीनले पनि यसरी नै सोच्छन त ?  मलाई लाग्दैन। नेपालमा यस्तो खालको संगठित प्रयास भएको छ भन्ने मलाई लाग्दैन् ।

 

जुन नेपाली राजनीतिमा छ, तपाईंले ऐतिहासिक माओवादी आन्दोलनको विरासत लिनुभयो। तपाईंले यसलाई किन छोड्नुभयो र अर्को कम्युनिस्ट पार्टीसँग मिलाउनुभयो?

 

यसका दुई पाटाहरु छन् । मैले आन्दोलनको विरासत छोडेको छैन, यसको महत्व कम भयो। तपाईं पार्टीको कागजात र विधान हेर्न सक्नुहुन्छ। एक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका र योगदान पहिचान गरिएको छ। दुवै अध्यक्ष ( केपी ओली र मैले ) यसमा हस्ताक्षर गरेका छौ। यो हामीले सबै चीज छोड्यौं र एमालेले केही छोडेन भन्ने विषय होइन । नयाँ पार्टी सिर्जना गर्नका लागि दुवैको दृष्टिकोणहरु समावेश गरियो। प्रश्न यो कसरी अगाडि बढ्नेछ भन्ने हो। हामीबीच केही समझदारी र सम्झौताहरू भएका छन्। हामीबीच दुईबर्षमा पार्टीको एकता महाधिवेशन नभएसम्म एक विशेष मार्गमा अगाडि बढ्नको लागि एक मार्गचित्र छ । यो अधिवेशन बहुमत र अल्पमतको अभ्यासको आधारमा निर्वाचनका माध्यमबाट हैन सहमति र समझदारीका आधारमा  हुनेछ ।

 

दोस्रो भाग, किन मैले गरे ? धेरै मानिसहरू भन्छन् चीजहरू ठीक थिए। म (नेपाली) कांग्रेसको समर्थनमा  दोस्रो पटक प्रधानमन्त्री भएको थिए । यो किन अचानक भयो ? मैले दुई कारक देखेँ। एक चुनावको स्थिति थियो। जब मैले स्थानीय चुनावको दौरान (२०१७) का मध्यमा कांग्रेससंग कुरा राखे, कांग्रेसले सोच्यो – उ धेरै ठूलो छ। कांग्रेस ठूलै छ  तर उसले आफू जत्रो छ त्यो भन्दा  ठूलो भएको सोच्यो। हामीले सोचेका थियौ कि  ५०। ५० मा साझेदारी गर्न सकिन्छ । तिनीहरूले हामीलाई १५।२०प्रतिशतभन्दा बढी दिन चाहेनन्। यो मूल मुद्दा हो। अर्कोतर्फ मतदाताहरु बामपन्थउन्मुख थिए। एमालेले हामीलाई ४० प्रतिशत सिट प्रदान गर्यो। यो संसदीय राजनीतिमा र चुनावको समयमा हुन्छ। दोस्रो कुरा देशको  विगत ७० वर्षको राजनीतिक इतिहास थियो। मलाई चिन्ता लागेको थियो कतै फेरि हामी गठबन्धन, अस्थिरता, अराजकतातिर त जाँदै छैनौ ?  त्यसैले चुनावको सान्दर्भिकता सुनिश्चित गर्न र राष्ट्रिय स्थिरताकोलागि मैले एकताको उद्देश्यको साथ बामगठबन्धन गरे।

 

तपाईहरुबीचको विशेष समझदारी के हो ? के प्रधानमन्त्री ओली तपाईंलाई दुईबर्षमा  पार्टी अध्यक्ष वा  प्रधानमन्त्री  वा दुबै पद छोड्ने प्रतिबद्धता गर्नुभएको छ ?

 

समझदारीको भावना दुई मध्ये एक पद हो।

 

उहाँले गर्नुभएन भने ?

हामी त्यसपछि हेर्नेछौ। अहिले हामी पूर्ण ईमानदारीसंग चल्नेछौं। म त्यसरी नै अगाडि बढिरहेको छु। मैले भारतीय नेताहरूलाई पनि भनेको छु।

 

नेपाल भित्र, त्यहाँ एक आशंका छ कि तपाईंको सरकार र पार्टी (जो धेरै बलियो छ ) एक अलोकतान्त्रिक मार्गतिर  जान सक्छ।  नागरिक स्वतन्त्रतामा हस्तक्षेप भएका उदाहरणहरू छन्।  तपाइँ पहिलो पटक प्रधानमन्त्री हुँदा तपाईले ‘राज्य कब्जा’ गर्नुहुन्छ भन्ने त्रास जनतामा थियो।अहिले  वास्तविक ‘राज्य कब्जा’ भइरहेको छ ?

 

मलाई त्यस्तो लाग्दैन। हामीले सबैले यो संविधान बनाएका छौं, जो एक लोकतान्त्रिक प्रणाली, कानूनी राज, स्वतन्त्र प्रेस, मानव अधिकारको लागि प्रतिबद्ध छन्। यो सरकार यस संविधानको आधारमा बनाइएको छ। यो लोकतान्त्रिक चुनावको प्रक्रियाबाट चयन गरिएको छ। यो पार्टीलाई पनि थाहा छ कि आजको विश्व परिस्थितिमा, पुरानो कम्युनिस्ट शासनले न त काम गर्न सक्दछ, न त सही नै हुन सक्छ । त्यहाँ अधिनायकवादको कुनै संभावना नै छैन । (आशा न्यूज डटकम http://aashanews.com/ बाट)

बुटमा लुट, आइजीपी खनाल तानिँदै

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार काण्डमा कमजोर अनुसन्धान गरेकोमा प्रहरीको ‘नुर’ गिरेको अवस्था छ अहिले । यस्तो दलदलबाट प्रहरीलाई

खरिदारदेखि सहसचिवसम्मको भर्ना खाेल्दै लाेक सेवा

काठमाडौं - संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदमा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवा आयोगले नियमित

तक्मा वितरण पञ्चायती शैलीमै

संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ३ वर्ष

पर्सामा ५५ वटा सीमा स्तम्भ गायब

पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् ।  सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र