अधिकार खोज्न मुख्यमन्त्रीको भेला

पर्वत, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरु एकजुट भएको बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्वतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,  “पोखरामा हालै भएको ७ वटै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीय सरकारविरुद्ध मोर्चाबन्दी गर्न नभई अधिकारको खोजीका लागि भएको हो ।” 

मुख्यमन्त्री गुरुङले भेला भएर अधिकारको खोजी गर्दा त्यसलाई मोर्चाबन्दी भएको भन्नु उपयुक्त होइन भन्दै प्रदेश सकारका लागि आवश्यक कानून, कर्मचारीलगायतका विषय सङ्घीय सरकारले अहिलेसम्म दिन नसकेका कारण काम गर्न कठिनाइ भएको बताए । 

“प्रदेशलाई दिनुपर्ने अधिकार र संरचनाहरु छिटो देउ, काम गर्ने वातावरण बनाउनुप¥योभन्दा कसरी मोर्चाबन्दी हुन्छ”, उनले भने, “आवश्यक कर्मचारी र संरचनाको अभावमा प्रदेश सरकारले काम गर्न नसकेको र यस कार्यमा सङ्घीय सरकार अनुदार बनिदिदाँ समस्या झन जटिल बनेको गएको छ ।” 

मुख्यमन्त्री गुरुङले प्रदेशका लागि आवश्यक कर्मचारी पठाउने, आर्थिक स्रोतको बाँडफाँट गर्ने र प्रदेशका लागि अधिकार प्रत्यायोजन गर्ने सङ्घीय कानून संशोधनमा ढिलाइ गरेर सङ्घीय सरकार अनुदार बनेको आरोप लगाए । 

प्रदेश सरकारले काम गर्न थालेको पाँच महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु अनुचित भएको उल्लेख गर्दै उनले स्रोतसाधन परिचालन गरेर अधिकतम आम्दानी गर्दा सङ्घीयता बलियो हुने बताए । 

मुख्यमन्त्री गुरुङले करको हाउगुजी धेरै बढेकाले लिनै पर्ने शीर्षकमा मात्र कर सङ्कलन गर्न स्थानीय तहलाई आग्रह गरे ।  

कांग्रेस केन्द्रीय समितिको बैठक १ मंसिरमा

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ मंसिरमा बोलाइएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, १ मंसिर

कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक काठमाडौंमा शुरु

काठमाडौं, २९ कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका