पेट फुलेमा यस्तो घरेलु उपाय अपनाउनुस्

काठमाडौं, २४ भदौ । अन्नपानीको हाम्रो शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । तथापी कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर अटस मटस परि राखेको हुन्छ ।

यसरी पेट फुल्दा मुड अफ हुने मात्र होइन, बस्न असजिलो हुने तथा उस्तै परे लुगा चिटिक्क परेर नबस्ने समस्या पनि हुन्छ । यस्तोमा कार्यक्रम छोडेर घरै बस्ने कुरा पनि आउँदैन ।

यस्तोमा औषधीको प्रयोग नगरि घरेलु सामग्रीको प्रयोगबाट यस समस्याको समाधान सम्भव हुन्छ ।

यदि तपाईसँग १ घण्टा अथवा बढि समय छ भने यहाँ उल्लिखित सामग्रीको प्रयोग गरि एउटा ड्रिंक बनाउनुहोस् । यसको प्रयोगले ग्याँसको समस्या हटाइ सहज महशुस गर्न सहयोगी हुनेछ ।

आवश्यक सामग्री

  • आधा कप नरिवल पानी
  • मसिनो पारेर काटिएको अदुवा
  • आधा कप आइस
  • सानो चम्चाको आधा बेसार
  • एक चिम्टी अकबरे खुर्सानीको धुलो
  • एक चिम्टी बिरेनुन
  • केहि मात्रामा काटिएको भुँइकटहर

सामान्यतया पेट फुल्नुको मुख्य कारण भनेको अपच अथवा पेटमा ग्याँस भरिएको कारण नै हुने हो । यस्तोमा थोरै मात्रामा अकबरे खुर्सानी प्रयोग गर्दा यसले पेटको ग्याँसलाई कम गर्न सहयोग गर्छ ।

त्यस्तै पेटको लागि अर्को हितकारी तत्व भनेको बेसार हो । बेसारले पेटमा भएको विषाक्त तत्वलाई नष्ट पार्दछ ।

पेटको लागि अपयोगी अर्को तत्व भनेको नरिवल पानी हो । यसले शरिरमा रहेको अतिरिक्त सोडियमलाई निकास दिने काम गर्छ ।

त्यस्तै अदुवा पनि पेटको वायुलाई नष्ट गर्ने अर्को एक तत्व हो । यसको प्रयोगले पेटका अन्य विकारहरुको पनि निदान हुन्छ ।

बिरेनुनले पनि वायु विकारको नष्ट गर्ने तथा आइस र भुइँकटहरले यस ड्रिंक्समा चिसोपन र स्वाद ल्याउने कार्य गर्दछ ।

बनाउने विधिः
माथी उल्लेखित सामग्रीहरुलाई सफागरी मिक्सरमा हाल्नुहोस् र त्यसको जुस बनाउनु होस् । यसलाई छानेर आवश्यक मात्रामा विस्तारै चुस्स चुस्स पिउँदै आफ्नो कामहरु गर्नुहोस् ।

यसको प्रयोगले तपाईंको वायु विस्तारै कम भइ शरिरमा सहज महसुस हुनेछ । (एजेन्सीको सहयोगमा)

‘मुड फ्रेश गराउन चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा

मानिसको जीवन यसैपनि व्यस्त हुन्छ,त्यसैले जीवनमा उतार चढाव त भई नै रहन्छ । व्यस्त मानिसको मुड फ्रेश बनाउने र सधैं खुशी राख्ने काम सेरेटोनिन हार्मोनले

क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ । उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका

१० मिनेट मात्रैको योगाले पनि स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक

काठमाडौ,१ माघ । पछिल्लो समय गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य सार्वजनिक गरेको छ । जापानको

अबिलम्ब प्रतिवेदन नसच्याए अनसनः डा.केसी

काठमाडौं, २३ पुस । चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलनरत डा.गोविन्द केसीले स्वास्थ्य उपसमितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । उनले सोमबार