निवर्तमान प्रधानसेनापति क्षेत्रीको इच्छा–‘आत्मकथा नलेख्ने, मज्जाले सुत्ने’

काठमाडौं । नेपाली सेना स्थापनाको करीव दुईसय ५० वर्ष लामो इतिहासमा अवकाश लिँदै गरेका प्रधानसेनापति एवं महारथीको विदाईमा नयाँ परम्पराको शुरुवात गरिएको छ। 

आइतवारबाट अवकासको तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको शुक्रवार राति विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ। 
सेनाले यो वर्षदेखि प्रधानसेनापतिको विदाईका लागि सैनिक मञ्च टँुडिखेलमा विशेष सलामी सहितको औपचारिक विदाई कार्यक्रम आयोजना गरेको हो। 

प्रधानसेनापति क्षत्रीको विदाईका लागि सेनाको नम्वर एक बाहिनी अन्तरगत विभिन्न गणहरूले सलामी दिनुका साथै रिसल्ला गाडी सहितको बग्गीमा सवार प्रधानसेनापति क्षत्रीलाई कवाज निरीक्षण गराइएको थियो। 

यो उनको अन्तिम निरीक्षण हो। निर्वतमान हुन लागेका प्रधानसेनापति क्षत्रीको सम्मानमा विविध राष्ट्र र राष्ट्रियता झल्कीने साँस्कृतिक नृत्यहरू तथा ब्याण्ड बाजा प्रस्तुत गरिएको थियो। 

टुँडिखेलको औपचारिक कार्यक्रम समापनसँगै राति भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा औपचारिक रुपमा सैनिक संगठनको जिम्मेवारी हस्तान्तरण तथा विदाई कार्यक्रम सम्पन्न गरिएको थियो। 

उक्त कार्यक्रममा प्रधानसेनापति क्षत्रीले सेनाको नेतृत्व औपचिारक रुपमा कामुप्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए। प्रधानसेनापति क्षत्रीले सैनिक जीवनका ४० वसन्त सम्झनलाई ४० मिनेट लामो मन्तब्य दिएका थिए। 

‘म आज उप्रान्तबाट सैनिक पोशाकमा देखिने छैन, क्षत्रीले भने, तर म भित्र सैनिक भावना रही रहने छ। मेरो मन, मस्तिष्क र जीवन एउटा नागरिक सैनिकको रुपमा रहने छ। 

२०३५ सालमा सहायक सेनानी पदबाट सैनिक सेवामा प्रवेश गरेका क्षत्रीले जीवनका धेरै तितामिठा अनुभव बटुलेपनि ती सबै आफ्ना लागि प्रेरणा र उर्जाको स्रोत भएको सुनाए। 

मेरो ४० वर्ष लामो सैनिक जीवनको सम्वन्धमा तत्काल आत्मकथा लेख्ने इच्छा त छैन, उनले भने– तर विहान अवेरसम्म आनन्दले सुत्ने धोको पूरा हुने छ। उनले ४० वर्षे सैनिक जीवनमा आनन्दले सुत्न नपाएको गुनासो गरे। 

प्रधानसेनापति क्षत्रीको विदाई गर्दै कामुप्रधानसेनापति पूर्णचन्द्र थापाले लमजुङ र तनहुँदेखि नै प्रधानसेनापति क्षत्रीलाई पछ्याउँदै गर्दा आफूलाई अगाडि बढ्ने महत्वपूर्ण आधार बनेको बताए। क्षत्रीको जन्म घर तनहँु र थापाको लमजुङ हो। 

लैनचौरस्थित शान्ति विद्या गृहमा हाइस्कुल पढ्दादेखि ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा उच्चअध्ययन गर्दै गर्दा होस, आफूले प्रधानसेनापति क्षत्रीलाई पछ्याउन कहिलै नछोडेको कामुप्रधानसेनापति थापाले बताए। 

क्षत्री सैनिक क्याडेट बनेर खरिपाटी छिरेको एकवर्षपछि आफूपनि जुनियर क्याडेट बनेर प्रवेश गरेको स्मरण गर्दै कामु प्रधानसेनापति थापाले भने–“उहाँको राम्रो कामको पिछा गर्नु मेरा लागि शौभाग्य नै हो।” 

सरस्वती क्याम्पसमा पढ्दै गर्दा उनी मोटरसाइकल चढ्थे तर, म साइकल चढ्थें थापाले सुनाए– सायद त्यो साइकल अहिलेको जस्तो माउण्टेन साइकल भइ दिएको भए म पनि उहाँ सँगसँगै हुन्थे। 

कार्यक्रममा विदाई हुँदै गरेका प्रधानसेनापति क्षत्रीलाई जवानदेखि रथीसम्मका सैनिक कर्मचारीबाट उपहार प्रदान गरिएको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानसेनापतिको दज्र्यानी चिन्ह शु–शुभोनसँगै थापा आइतवारबाट सेनाको नेतृत्व सम्हाल्ने छन्। गोरखापत्रका अनुसार, सामाखुशीको बसाई लैनचौरको पढाइ क्षत्री र थापा दुईकैका लागि स्मरण योग्य घटना हुन्।
 

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रिदै

महेन्द्रनगर, २९ कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका उनका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ

अरिङ्गालले टोकेर तीन वर्षीय बालकको मृत्यु

दैलेख, २९ कात्तिक । अरिङ्गालले टोकेर दुल्लु नगरपालिका–८ दुवारीचाखाका एक बालकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर घाइते भएका स्थानीय मनिष नेपालीको