नेपालले सेमिफाइनल पुग्ने क्रममा बंगलादेशलाई यसरी हरायो


काठमाडौं, २३ भाद्र । साफ सुजुकी कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा शानदार प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको जित्नै पर्ने खेलमा नेपालले खेलमा राम्रो सुरुवात गरेको थियो । तथापी खेलको ३२ औं मिनेटसम्म नेपालले गोल गर्न गरेका प्रयासहरु सफल हुन सकेन । खेलको ३३ औं मिनेटमा बंगलादेशी खेलाडिले सुनिल बललाई लडाएपछि नेपालले पाएको फ्रि किकको मौकालाई बिमल घर्तीमगरले आकर्षक गोलमा परिणत गर्दै नेपाललाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफको बाँकि समयमा थप गोल हुन सकेन र नेपालले खेलमा १–० को अग्रता कायम गर्न सफल भयो ।

दोश्रो हाफमा बंगलादेशले केहि प्रयास गरेपनि ति प्रयास सफल हुन सकेन भने नेपालले खेलमा आफ्नो पकड कायम गरेको थियो । खेलको ८० औं मिनेटमा बिमलले गरेको गोल अफसाइड भएपछि खेलमा अग्रता बढाउने अवसर गुमेको थियो । तथापी नेपालको निरन्तरको दबावले खेलको ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएसँगै नेपालको जित पक्का भएको थियो ।

यो जितसँगै नेपालले सन् २०१३ पछि साफ च्याम्पीयनसिपमा पहिलो पटक पुग्न सफल भएको छ । सन् १९९९, २०११ र २०१३ मा सेमिफाइनल सम्मको यात्रा गरेको नेपालको यो चौथो सेमिफाइनल हो ।

नेपालले यस प्रतियोगितामा खेलेको ३ खेलमा २ मा जित र १ मा हार व्योहोरी ६ अंक जोडेको छ । त्यस्तै समान खेल जितेका पाकिस्तान र बंगलादेशको पनि ६ अंक भएपनि गोल अन्तरको आधारमा नेपाल समुह विजेता र पाकिस्तान उपविजेताको हैसियतमा सेमिफाइनल पुगेको छ । त्यस्तै लगातार ३ खेल हार्दै अंकविहिन रहेको भुटान भने समूह चरणबाट बाहिरिएको छ ।

 

क्रिकेटर दिल्सान अब राजनीतिमा

२९ कात्तिक । श्रीलंकाका पूर्व क्रिकेटर तिलकरत्ने दिल्सान राजनीतिमा प्रवेश गरेका छन् । दिल्सानले बुधबार माहिन्दा राजापाक्षेको पार्टीमा सहभागी भएर

एबी डेभिलियर्सले हाने ३१ बलमा ९३ रन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ६ महिनापछि दक्षिणी अफ्रिकी क्रिकेटर एबी डेभिलियर्स पुनः क्रिजमा आएका छन् । दक्षिण अफ्रिकामा

ऐतिहासिक सफलतासहित महिला फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौ,२९ कात्तिक । सन् २०२० मा हुने टोकियो ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ ।

वायने रुनी फेरी इंग्ल्याण्डको कप्तानः गार्ड अफ अनर दिइने

काठमाडौ,२९ कात्तिक । इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो अन्तिम बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो