गुगललाई पछ्याउँदै फेसबुक छिर्यो सिंगापुरमा 

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । 

नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । 

यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। 

करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ । 

फरलङका अनुसार एसियामै पहिलो पटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये यो पन्ध्रौं हो । 

यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले जानकारी दिए। 

गूगलले पनि यहाँ दुईवटा डाटा सेन्टर निर्माण गरेको छ । यसै महिना गूगलले तेस्रो डाटा सेन्टर करिब ८५ करोड अमेरिकी डलरमा निर्माण गर्न लागेको घोषणा गरेको छ । 

एसियामा निकै लोकप्रिय भएपनि फेसबुकमाथि म्यान्मारमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि घृणा र द्वेष फैल्याउन तथा सत्तारुढ पक्षलाई मद्दत गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ । रासस

अछाम र कञ्चनपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

बैतडी, २२ पुस । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । अछाम र कञ्चनपुरमा चालू आर्थिक

  नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड

काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा

फेसबुकको समस्या समाधान गर्न एक वर्ष लाग्ने

काठमाडौं । फेसबुकमा तथ्यांक चोरी हुने समस्या समाधान गर्न एक वर्ष लाग्ने जनाएको छ । फेसबुकका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले तथ्यांक चोरीको

भूकम्प पूर्वसूचना प्रणाली विकासमा नास्ट

गोदावरी, ११ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकासमा लागेको छ । हाल नास्टले