ट्राफिक नियम पालना नगरे खाजा र चकलेट !

 

 चितवन । गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

 स्कुटरको नम्बर प्लेट खुइलिएर नबुझिने भएपछि प्रहरीले चालकलाई जरिवानको साटो गुलियो खाजाको पोका दिँदै । तस्बिर : रमेशकुमार पौडेल

अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।
 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले-काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’

चितवन सडक दुर्घटना धेरै हुने जिल्लामध्ये पर्छ। अघिल्लो आवमा २ सय ७१ दुर्घटना हुँदा १ सय ३२ जनाको ज्यान गएको थियो। ट्राफिक प्रहरी प्रमुख गौतमका अनुसार ५ सय २९ जना घाइते भए। त्यसैले सडकमा गुडा अपनाउनुपर्ने सावधानी र ट्राफिक नियमबारे अनेक तरहले चेतना जगाउनुपरेको गौतमको भनाइ छ। सडकमा उभिएर प्रहरीले जरिवाना मात्रै काट्छ भन्ने भावना हटाउन पनि गुलियो खाजा दिने सोंच बनाएको उनले बताए। (कान्तिपुरबाट)

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

जीपी संग्रहालय र जीपी अस्पताल खोलिने

विराटनगर, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा जीपी संग्रहालय र अस्पताल

धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रिदै

महेन्द्रनगर, २९ कात्तिक । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका उनका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ

अरिङ्गालले टोकेर तीन वर्षीय बालकको मृत्यु

दैलेख, २९ कात्तिक । अरिङ्गालले टोकेर दुल्लु नगरपालिका–८ दुवारीचाखाका एक बालकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर घाइते भएका स्थानीय मनिष नेपालीको